धितोपत्र बोर्डको योजना: ब्रोकर थप्ने, निजीक्षेत्रमा आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज खोल्ने

नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्ज खोल्ने र थप ब्रोकरहरुलाई लाईसेन्स दिने योजना अगाडी सार्वजनिक गरेको छ । बोर्डले ग्लोबल मनी विकको सदर्भामा बोर्डले हालसम्म गरेका काम कारवाही र आगामी दिनको लक्ष्य सार्वजनिक गर्दै नयाँ स्टक एक्सचेञ्ज खोल्ने र थप ब्रोकरहरुलाई लाईसेन्स दिने योजना अगाडी सारेको हो।जस अनुसार बोर्डले निजीक्षेत्रमा एक आधुनिक तथा प्रतिस्पर्धी स्टक एक्सचेञ्ज र थप धितोपत्र दलाल व्यवसायीहरू तथा धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिको व्यवस्था गरी देशभर धितोपत्र खरिद बिक्री सेवाको पहुँच बढाउने, प्रदेशस्तरमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्दै जाने उल्लेख गरेको छ।त्यस्तै बोर्डले नेपालको धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई बोर्डले देहाय बमोजिमको प्राथमिकता तथा लक्ष्य निर्धारण गरेको जनाएको छ। धितोपत्र तथा वस्तु विनिमय बजारको विकास गरी IOSCO को पापदण्ड अनुरूपको बनाउँदै लैजाने, बोर्डको सूचना प्रविधि, भौतिक पूर्वाधार विकास र जनशक्तिको क्षमता विकास गरी संस्थागत तथा नियमन क्षमता अभिबृद्धि गर्ने र बोर्डको आफ्नै कार्यालय भवनको निर्माण गर्ने योजना पनि बोर्डले उल्लेख गरेको छ।त्यस्तै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्ने, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्नुका साथै अध्ययन/अनुसन्धान गर्ने, बजार सहभागीहरूको व्यवसायिकता तथा स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने जनाएको छ । माथि उल्लेख भएअनुसार समग्रमा बजारको विकास तथा विस्तार गर्ने,कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सवलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षणमार्फत् स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने बोर्डको भावी कार्यदिशा रहेको बोर्डले उल्लेख गरेको छ।

सम्बन्धित सामग्री

नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स खुल्यो

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स खुलेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन आह्वान गरेको हो । लाइसेन्स रोक्न भन्दै सर्वोच्च अदालतमा परेको रिट खारेज भएसँगै आवेदन खुलेको हो । सेबोनले आज सूचना प्रकाशित गरी १० दिन भित्र आवेदन आह्वान गरेको हो । […]

पुँजी बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ स्टक एक्सचेञ्ज

मुलुकमा दोस्रो स्टक एक्सचेञ्ज खुलाउने धितोपत्र बोर्डको तयारीसँगै यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । करिब ६ महिनाअघि सर्वोच्च अदालतको आदेशले स्टक एक्सचेञ्ज खुलाउने प्रक्रिया रोकिएको थियो । सेयर बजार विज्ञहरूका अनुसार हालसम्म ४ वटा मुलुकमा मात्रै दुई वटा स्टक एक्सचेञ्ज सञ्चालनमा छन् । बोर्डका अध्यक्ष रमेशकुमार हमालले अहिले भइरहेको नेपाल स्टक एक्सचेञ्जलाई प्रतिस्पर्धी […]

४५ कम्पनीले मागे ब्रोकर लाइसेन्स

नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सूचना अधिकृत मुराहरि पराजुलीका अनुसार नयाँ ब्रोकर कम्पनीका लागि ४५ वटा आवेदन परेकोमा ४५ वटा नै धितोपत्र बोर्ड समक्ष सिफारिस गरिएको छ ।सोमबार आवेदन दिने अन्तिम दिनसम्म नयाँ ब्रोकर कम्पनी खोल्न ४५ वटा आवेदन परेकोमा नेप्सेले सबै आवेदन सोमबार नै धितोपत्र […]

नयाँ स्टक एक्सचेञ्जका लागि बाटो खुल्दै, संशोधित मस्यौदा मन्त्रिपरिषद्मा

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने तयारी करिब अन्तिम चरणमा प्रवेश गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्जको लागि धितोपत्र बजार सञ्चालक नियमावली, २०६४ संशोधनका लागि स्वीकृत गरेको हो । संशोधित नियमावली अर्थमन्त्रालय पठाइसकेको र मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश भएको प्रस्ताव स्वीकृत भए उक्त नियमावलीले आधिकारिकता पाउनेछ । सोपछि नयाँ स्टक एक्सचेन्जका लागि बाटो खुल्नेछ । नयाँ स्टक एक्सचेञ्जका लागि पेड अफ क्यापिटल (चुक्ता पुँजी) तीन अर्ब रुपैयाँ प्रस्ताव गरिए

पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् ।सोमबार नेपाल आर्थिक पत्रकर समाज ९सेजन० ले आयोजना गरेको ‘पुँजीबजारको विकाससम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको जानकारी गराए ।‘सेयर बजारको विकास विस्तारका लागि […]

नेपालमा पुँजी बजार विकास हुन नियामक स्वायत्त हुनुपर्छ : अध्यक्ष हमाल

नेपाल  धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ ।‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै निय

पहिल्यै फेल भएको नियम पुन : लागू गर्ने तयारीमा धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकपटक परीक्षण गरी असफल भइसकेको अभ्यास पुन: शुरू गर्ने तयारी थालेको छ ।  बोर्डले दोस्रो बजारमा धितोपत्र कारोबार समय १ घण्टा थप गर्ने तयारी गरेको हो । अचेल दैनिक ४ घण्टा धितोपत्र कारोबार हुन्छ । बोर्डले एक घण्टा थप गरी दैनिक कारोबार समय ५ घण्टा बनाउन लागेको हो ।   यस विषयमा धितोपत्रको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) लाई बोर्डले अनौपचारिक निर्देशन दिइसकेको छ । कसरी अगाडि बढ्ने भन्नेमा आधिकारिक छलफल भने भएको छैन । नेप्सेले पनि धितोपत्र दलाल (ब्रोकर) कम्पनीहरूलाई अनौपचारिक रूपमै कारोबार समय थप गर्ने जानकारी दिइसकेको छ ।  कारोबार समय अगाडि थप्ने कि पछाडि भन्ने विषयमा छलफल भएको छैन । नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीका अनुसार कारोबार समय थप गर्ने सम्बन्धमा औपचारिक छलफल नै हुन बाँकी छ । अनौपचारिक रूपमा नेप्सेले आफूहरूलाई कारोबार समय थप गर्ने जानकारी दिएको उनले बताए । ‘हामीसँग बोर्डले औपचारिक रूपमा छलफल नगरे पनि नेप्सेले समय थप गर्ने सम्बन्धमा जानकारी गराएको छ,’ मैनालीले भने । यसअघि भिष्मराज ढुंगाना बोर्ड अध्यक्ष हुँदा धितोपत्र कारोबार ५ घण्टा गर्ने व्यवस्था गरिएको थियो । पहिले ढुंगानाले मौखिक रूपमा त्यस्तो निर्देशन दिएका थिए । पछि २०७६ फागुन ३० गते पत्र नै काटेर २०७६ चैत २ गतेदेखि दैनिक ५ घण्टा धितोपत्र कारोबार सञ्चालन गर्न निर्देशन दिएका थिए । कोरोना संक्रमण रोक्ने उद्देश्यले चैत ११ देखि देशव्यापी बन्दाबन्दी शुरू भएपछि धितोपत्र कारोबार रोकियो । लकडाउनकै बीच जेठ अन्तिमतिर दोस्रो बजार खुले पनि सर्किट लागेर पूरा समय कारोबार हुन पाएन । पछि ब्रोकरहरूले समेत व्यावहारिक नभएको गुनासो गरेको भन्दै ४ घण्टा नै कारोबार गर्न थालियो । अध्ययन नगरी हचुवाको भरमा निर्णय गर्दा उक्त अभ्यास असफल भएको सरोकारवालाको भनाइ छ ।  अहिले पनि चर्चाको लागि अध्ययनविनै नियामक निकायका अधिकारीले विवेक गुमाएर यस्तो निर्णय गरेको कतिपयको टिप्पणी छ । यसअघिका अभ्यास हेर्दा बजार घटेको समयमा यस्ता प्रचारवाजी हुने गरेका छन् ।  लगानीकर्ता र ब्रोकरहरूले कारोबार समय थप गर्नुपर्ने माग गर्दै आएकोले त्यसमा गृहकार्य भइरहेको धितोपत्र बोर्ड स्रोतले बताएको छ । समय थप गर्दा लगानीकर्तालाई नै फाइदा हुने ब्रोकर एशोसिएशनका अध्यक्ष मैनाली बताउँछन् । विदेशमा बस्ने नेपालीले पनि आफ्नो अनुकूलताअनुसार धितोपत्र कारोबार गर्न सक्ने हुुँदा बजारमा कारोबार रकम बढ्ने मैनालीको भनाइ छ । ‘समय थप गर्दा कारोबार भोल्युम त बढ्छ नै, यस्तो व्यवस्थाले तत्कालीनभन्दा दीर्घकालीन रूपमा फाइदा पुग्छ । विदेशमा बस्ने नेपालीले पनि कारोबार गर्न पाउँछन् र दैनिक कारोबार पनि बढ्न पुग्छ,’ उनले भने ।  तर, नेपालको सन्दर्भमा धितोपत्र कारोबार समय अहिलेकै ठीक भएको धितोपत्रसम्बन्धी अध्येता तथा अधिवक्ता ज्योति दाहाल बताउँछन् । नेपाल जस्तो सानो मुलुकमा अनेक बहानामा बजारलाई नसुहाउने अभ्यास गर्न नहुने उनको भनाइ छ । यसअघि पनि समय थप गरेर ४ बजे पुर्‍याउँदा आफूले स्पष्ट धारणा व्यक्त गरेको उनी बताउँछन् । ‘कारोबार गर्नेले यही समयमा गरिहाल्छन् नि,’ उनले थपे, ‘बेला बेलामा यस्ता फन्डा किन निकाल्छन् ?’

नेतृत्वबिहिन अवस्थामा पूँजीबजारको नियामक धितोपत्र बोर्ड र नेप्से

भदौ १९, कठमाडौं । नेपाली पूँजीबजारको नियामक रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज यतिखेर नेतृत्व बिहिन भएको छ । नेपाली पूँजीबजारको नियमनकारी निकायमा रुपमा रहेका ती निकायका प्रमुखहरु प्राथमिक बजारमा बहुप्रतिक्षित बुक विल्डिंग विधिबाट शेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयरमा संलग्न रहेको आरोप लागेको छ । र सोही आरोपपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् भने सरकार स्वयंले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरिसकेको छ । सीईओ साउदले पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। त्यस्तै सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना सोही विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसँगै उनी पदबाट निलम्बित भएका छन्। बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानून विपरीत आफन्तका नाममा खरीद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।  कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेप्सेका सीईओ चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । नेप्सेका तत्कालिन सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका सीईओसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । उता अर्थमन्त्री जनार्दन शर्माले भने दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।  नेपालको शेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार सञ्चालन गर्ने निकाय नेप्सेका प्रमुखहरु नै कारबाहीमा परेपछि सरकारले ती निकायका नयाँ प्रमुखमा कहिले र कसलाई नियुक्त गर्छ भन्ने बारेमा लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।

सेयर कर्नरिङ : धितोपत्र बोर्डलाई नेप्सेको असहयोग !

२८ जेठ, काठमाडौं । सेयर कर्नरिङ रोक्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नै असहयोग गरेको खुलेको छ । नेप्सले आवश्यक सूचना नदिएको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन)को भनाइ छ । कारोबारबारे सूचनाहरु नेप्सेले राख्छ । कारोबारका आधारमा कसले कहाँ बद्मासी ग¥यो भन्ने कुरा पत्ता लगाउन नेप्सेले सक्छ । यहाँ बद्मासी भएको छ भनेर नेप्सले सूचना […]