विराटनगर– नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जिल्ला नगर र वस्तुगत संघहरुको क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम सुरु गरेको छ । महासंघले बिहीबारदेखि विराटनगरमा दुई दिने कार्यशालामार्फत संघहरुका पदाधिकारी, सदस्य र सचिवालयका कर्मचारीहरुलाई सहभागी गराएर क्षमता अभिवृद्धि र संस्थागत सबलीकरणको काम अघि बढाएको हो । महासंघका अध्यक्ष राजेन्द्र राउतले विषम परिस्थितिका कारण हुन नसकेको […]