काठमाडौं उपत्यकामा यतिबेला जताततै फोहोरको थुप्रो देखिन्छ। फोहोर व्यवस्थापनमा समस्या देखिएको महिनौ बिति सक्दा पनि फोहोर व्यवस्थापनको समस्या अझै उस्तै छ। थुप्रिएको फोहोर वर्षाको कारण कुहिएर शहर दुर्गन्धित बनिरहेको छ। फोहोर थुप्रिएको चोक र गल्लीहरूमा स्थानीयवासी र पैदल यात्रीहरूलाई सकस परिरहेको छ।