मुलुकको विकासका लागि सरकार र जनताले हातेमालो गर्नुपर्छ : उपप्रमुख डङ्गोल

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले मुलुकको विकासका लागि सरकार र जनता दुवै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । संस्कार समाज नेपालको जनचेतनामूलक सरसफाइ महाअभियानको दुई सय हप्ता पूरा भएको सन्दर्भमा शुक्रबार आयोजित ‘पुरस्कार तथा सम्मान’ कार्यक्रममा उहाँले मुलुकको विकासमा सरकारजत्तिकै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले व्यक्तिलाई …