काठमाडौं, भदौ ३। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन सम्पन्न भएको साता महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन । लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल […]