काठमाडौं : महाधिवेशनको ६ महिनापछि नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पदाधिकारी टुंगाउने जिम्मेवारी दिएको छ। आइतबार सुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा बैठक लम्ब्याएरै भए पनि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो टुंग्याउनुपर्ने माग उठेपछि मंगलबार अध्यक्षलाई नै जिम्मेवारी दिएर अघि बढ्नेगरी सहमति भएको हो।बैठक नै स्थगन गरेर अध्यक्षको खल्तीबाट पदाधिकारी चयन गर्नुपर्ने स्थिति किन आयो? चौतर्फी विरोध हुँदासमेत अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फ