पर्वत : कोरोना संक्रमणदर घटेर सामान्यतिर फर्कन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा खुकुलो पार्दै विद्यालय सञ्चालनको अनुमति दिने भएको छ।प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिएमसी) को गत माघ २५ मा बसेको बैठकबाट फागुन १ गतेदेखि स्वास्थ्य सुरक्षा सावधानीसहित विद्यार्थीको भौतिक उपस्थितिमै अध्यापन अनुमति दिन लागिएको हो। प्रजिअ खत्रीद्वारा जारी आदेशमा सिनेमा हल, जिमखाना, कभर्ड हल, स्पोर्ट क्लब, स्विमिङ पुल, ब्युटी पा