उपत्यकामा सवारी साधनमा हट्यो जोरबिजोर, फागुन १ गतेदेखि विद्यालय पनि खुल्ने

 माघ २३, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा सोमवारदेखि जोरबिजोर प्रणाली हटाएको छ ।  कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिस अनुसार उपत्यकामा जोरबिजोर प्रणाली हटाइएको छ भने आगामी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने छन् । उपत्यकाका तीन ओटै जिल्ला(काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतवार मध्यरातबाट लागू हुने गरी सवारी साधानमा जोरबिजोर हटाउने निर्णय गरेको हो । कोभिड–१९ को संक्रमण बढेपछि जोरबिजोर लगाइएकोमा गत माघ १४ गतेबाट केहि खुकुलो बनाइएको थियो । तर, ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो ।  

सम्बन्धित सामग्री

१२ वर्षभन्दा कम उमेरका विद्यार्थीलाई सिफ्टमा पढाइने

काठमाडौं उपत्यकामा १२ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । सीसीएमसीको सिफारिसअनुसार आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले फागुन १ गतेदेखि यसरी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस्तै १२ वर्षभन्दा माथिका विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर भने स्वास्थ्य मापदण्ड पालना गरेर नियमित सञ्चालन गर्न सकिने निर्णयमा उल्लेख छ ।

फागुन १ देखि काठमाडौंमा विद्यालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी फागुन १ गतेदेखि विद्यालयहरू सञ्चालनमा आउने भएका छन् । आइतवार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  यस निर्णयसँगै विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने भएको छ । तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीहरूका हकमा नियमित र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा विद्यार्थी संख्या समेत विचार...