काठमाण्डाै – नेपाल उद्योग परिसङ्घले बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याज दरमा समेत वृद्धि भइरहेको ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याज दरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो भएमा समस्या समाधान तर चासो नदिएमा यो समस्याले विकराल रूप लिने परिसङ्घले जनाएको छ ।
समस्या समाधानका लागि नेपाल उद्योग परिसङ्घले कर्जा–निक्षेप अनुपात तत्काल ९० प्रतिशतमा कायम गर्दा उत्पन्न समस्यालाई आउँदो पुससम्ममा ९५ प्रतिशत अनुपात कायम भए हुने तथा आउँदो असारभित्र क्रमशः ९० प्रतिशतसम्ममा ल्याउनु...