विद्यार्थी जीवनबाटै रेस्टुरेन्ट धाउन रुचि राख्थे सौरभ कार्की । प्लस टू पछिको अध्ययनका लागि भारतको दिल्ली पुगेका कार्कीले त्यहाँ पनि आफ्नो रहर परिवर्तन गर्न चाहेनन् । रेस्टुरेन्ट जाने बस्ने, त्यहीको वातावरणमा रमाउने उनको दैनिकी थियो ।सौरभ विषयगत रूपमा एमबीए गर्दै थिए । तर, रहर र रुचि रेस्टुरेन्टको वातावरणसँग निकट हुँदै थियो । अझ, बार र बारका मिक्सोलोजिस्टहरूले पस्कने थरी–थरीका ककटेलको स्वादले उनलाई रेस्टुरेन्टसँग निकट बनाउँदै लग्यो । नेपाली बार/ककटेल/ड्रिङ्क कल्चर र इन्डियन कल्चरका बा