काठमाडौं : निर्वाचन आयोगले ५ दिनभित्र सबै मतगणना सक्ने कार्ययोजना बनाएको जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज राति ८ बजेदेखि नै मतगणना थाल्ने जानकारी दिए।‘५ बजेसम्ममा सबै ठाउँको मतदान सक्ने प्रयत्न गरेका छौँ, आज ८ बजेदेखि नै ३० प्रतिशत स्थानीय तहको मतगणना हुन्छ, ५ दिनमा सबै निर्वाचन सक्ने योजना बनाएका छौँ,’ उनले भने।उनका अनुसार कठिनाइ पर्ने ठाउँहरूमा भोलि (शनिबार) बिहान २ बजेसम्ममा सबै मतदान स्थलकाे मतपत्र संकलन गरि सकिनेछ। निर्वाचन आचारसंहिता पालना नगर्न