कालीगण्डकी करिडोर, मालढुंगा कुश्मीसेरा सडक र गलुवा भकुण्डे सडक अबरुद्ध हुने गरी खसेको पहिरोले यातायातमा सास्ती छ । नजिकैका ३० घर जोखिममा परेका छन् ।पानी पर्दा र सुख्खा समयमा समेत निरन्तर पहिरो खस्ने अवस्थाले बागलुङ–१० को गलुवा बस्ती जोखिममा परेको हो । यहाँ तीन महिनासम्म सवारी आवागमन ठप्पै भयो । दशैंका लागि खुलेको अस्थायी सडकमा पनि जिप मात्रै गुड्छन् ।