बझाङ : जिल्लाको थलारा गाउँपालिका–९ मा परम्परागत संस्कृति प्रदर्शनी गरिएको छ। लोपोन्मुख अवस्थामा रहेका परम्परागत कला, संस्कृतिको संरक्षणका लागि वडाले आर्थिक सहयोग गरेर शुक्रबार स्थानीय कला, संस्कृति प्रर्दशन गराएको हो । पहिचानका रूपमा रहेका मागल, भात्र्या नाच, गौरा, भारीखेल, देउडाजस्ता संस्कृतिलोप हुने अवस्थामा पुग्न थालेको थलारा गाउँपालिका–९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताए।‘वडाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको छ&r