पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँ आएको सङ्केत जनाउदथ्यो । दसैँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका–७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनीका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । “बारीका कान्लामा बाबियो पिङ बाट्न नकाटिकन संरक्षण गरेर राखिन्थ्यो, दसैँ आउन लाग्यो भनेपछि तल्लो गाउ