परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान भएकोले यसको जगेर्ना गर्नु सम्पूर्ण नेपालीको साझा दायित्व भएको बताउनुभएको छ । २०औँ राष्ट्रिय ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुरमा आयोजना गरेको समारोहमा उहाँले विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहको परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान र गौरव भएको बताउनुभयो । प्रधानमन्त्री …