रामपुर । पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो । पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले गाउँमा दसैँको उमङ्ग बढाउने गरेको पाल्पा रामपुर नगरपालिका-७ स्थित विक्रम्दीका मनबहादुर आलेले बताए । उनका गाउँका बारीका कान्लाभरी बाबियोले भरिन्थ्यो । […]