भन्सार जाँचपासका लागि चोभार सुक्खा बन्दरगाहमा नयाँ सवारीसाधन आउन थालेका छन् । गत असार १४ गतेदेखि चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि नयाँ सवारी साधन आउन थालेकोमा हाल सम्म ४९ वटा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।