निषेधाज्ञाबाट चितवनमा ११ करोडको दूध नोक्सान

–कृष्ण आचार्यकोरोना भाइरस सङ्क्रमणको जोखिम हुन नदिन जारी  निषेधाज्ञाबाट चितवनका  दुग्ध किसान मारमा परेका छन् । ठूला डेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि  सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।सङ्घद्वारा आयोजित  पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले  दूग्ध किसान मारमा परेको जनाएको  छ । सङ्घका सचिव किशोर बगालेले भने, “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त

सम्बन्धित सामग्री

आलु र दूधको गुणस्तरमा नोक्सान

आलु र दूधको गुणस्तर र परिमाणमा अत्यधिक नोक्सान हुने गरेको एक अध्ययनले देखाएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले दूध र आलुको उत्पादन बढी हुने बागमती प्रदेशका चार जिल्ला (काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन)मा पाँच महिना लगाएर गरेको अध्ययनले आलु र दूधको उत्पादन र गुणस्तरमा समस्या देखिएको हो । काभे्र र चितवन जिल्लाका ७७ किसान, सात दूध सङ्कलन केन्द्र र तीनवटा दुग्ध उद्योगमा अध्ययन गरिएको थियो । उत्पादन स्थलदेखि प्रशोधन केन्द्रमा दूधको गुणस्तरमा समस्या देखिएको अध्ययनमा संलग्न खाद्यविज्ञ डा. आलोक श्रेष्ठले जानकारी दिनुभयो ।

अहङ्कारबाट जोगिने तरिका

मानव जीवनमा ६ वटा प्राकृतिक गुण हुन्छन्, जसलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनिन्छ । केही दर्शन तथा दार्शनिकहरूले खासगरी वैदिक दर्शनले तिनलाई शत्रु भनेको छ तर ती आफैँमा शत्रु भने होइनन् । हो, प्रयोग गर्न नजान्दा भने नोक्सान गर्न सक्छन् । यसैका आधारमा शत्रु भन्ने हो भने त आगोलाई पनि शत्रु भन्नुपर्ने हुन्छ, पानीलाई पनि शत्रु मान्नुपर्ने हुन्छ ।दूध, दही, घ्यू यहाँसम्म कि अमृतकै दाना भेटिए पनि शत्रु बन्न सक्छन् । प्रयोग गर्न नजाने ती कसैले पनि फाइदा गर्दैनन् । एउटै चक्कुले कसैको  जीवन लि

चितवनमा दूध उत्पादन घट्यो, खपत बढ्यो

चितवन । निषेधाज्ञा खुकुलो भएसँगै दूधको माग बढ्दा चितवनमा खपत बढेको छ । तर, निषेधाज्ञाका कारण कतिपय किसानले गाईभैंसी पाल्न कम गर्दा पछिल्लो समय दूध उत्पादन घटेको हो । भरतपुर महानगरपालिका–५ का किसान इन्द्रमणि गैरे साउन लागेपछि दूधको खपत अनपेक्षित रूपमा बढेको बताउँछन् । ‘निषेधाज्ञा हुँदा न घरवालाले माग्थे, न त डेरी पसल पूर्ण समय खुल्थे’, उनले भने, ‘पहिले बजारमा आफंै लैजाँदा फर्काउनुपथ्र्यो । अहिले तुरुन्तै बिक्री हुन्छ ।’ हाल दैनिक ४० लिटर दूध उत्पादन हुँदै आएकामा सबै बिक्री भएको उनले बताए । चितवनमा कतिपय किसानले सीधै डेरी पसल, होटल, चिया पसल तथा घरमै दूध पु¥याउँदै आएका छन् । कतिपय किसानले सहकारीमार्फत दूध बिक्री गर्दै आएका छन् । भरतपुर महानगर–१६ उपकार दुग्ध सहकारीका व्यवस्थापक डिलाराम कँडेल खपत बढेको भन्दा पनि उत्पादनै कम भएको बताउँछन् । ‘अहिले माग छ तर दूध उत्पादन छैन’, उनले भने, ‘निषेधाज्ञाअघि दैनिक ३ हजार लिटर दूध संकलन थियो । अहिले १ हजार ५ सय लिटर संकलन छ ।’ राष्ट्रिय व्यावसायिक पशुपालक दुग्ध कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरे खपत मात्र बढेको नभई उत्पादन कम हुँदा अभावकै अवस्था देखिएको बताउँछन् । ‘निषेधाज्ञाले किसानका साथै दूध उत्पादन पनि घट्यो’, उनले भने, ‘उत्पादनको तुलनामा खपत बढेपछि बिक्री राम्रो  देखिएको मात्र हो ।’ विशेषगरी साउनदेखिका चाडपर्वका कारण दूधको खपत बढेको उनले बताए । उत्पादन घट्ने र खपत बढ्ने महिना भएको हुँदा पनि दूधको माग र आपूर्तिमा सन्तुलन नभएको उनको बुझाइ छ । चितवनमा अन्य समय दैनिक ३ लाख ३० हजार लिटरसम्म दूध उत्पादन हुने गरेको भए पनि हाल करिब ३ लाख लिटर हाराहारी मात्र उत्पादन हुने गरेको छ । ‘अहिले गाईभैंसी ब्याउने बेला भएकाले उत्पादन कम र  खपत बढ्ने महिना पनि हो,’ जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर वगालेले भने । हाल घरघरमै दूधको माग र खपत बढी भएकाले पनि बजारमा दुध अभावजस्तै देखिएको उनले जानकारी दिए । उनका अनुसार अन्य समय चितवनमा कुल उत्पादनको ४५ प्रतिशत खपत यही हुने र बाँकी अन्य जिल्ला पठाउने गरिए पनि साउन, भदौमा आधा यही खपत हुने गरेको र  आधा बाहिर पठाइने गरेको  छ । ‘गर्मीको समय दही, आइसक्रिमको माग पनि बढी हुन्छ । निषेधाज्ञा खुलेसँगै मानिसको गतिविधिलगायत सबै बढेपछि दूध खपत पनि स्वतः बढ्ने भयो,’ वगालेले भने । यस पटकको निषेधाज्ञामा मात्रै चितवनका किसानले दूधमा ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ रुपैयाँ बराबरको नोक्सान बेहोरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध ११० वटा दुग्ध सहकारी छन् भने यहाँ करिब ४० हजार किसानले दूध बेच्ने गर्छन् ।

नेपालमा दैनिक १० करोड रुपैयाँको दूध नोक्सान

काठमाडौं। कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा कमी आएको छ। नेपाल डेरी एसोसिएसनकाअनुसार दैनिक १० करोड रुपैयाँबराबरको दूध खेर गएको छ। कोरोना महामारीअघि दैनिक ३१ लाख लिटर दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले त्यो घटेर १३ लाख लिटरमा सीमित भएको छ। नेपालको जीडीपीमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। नेपालमा करिब सातहजार दूधडेरी छन्।

नेपालमा दैनिक १० करोड रुपैयाँको दूध नोक्सान

काठमाडौं। कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा कमी आएको छ। नेपाल डेरी एसोसिएसनकाअनुसार दैनिक १० करोड रुपैयाँबराबरको दूध खेर गएको छ। कोरोना महामारीअघि दैनिक ३१ लाख लिटर दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले त्यो घटेर १३ लाख लिटरमा सीमित भएको छ। नेपालको जीडीपीमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको छ। नेपालमा करिब सातहजार दूधडेरी छन्।

दैनिक रु १० करोड बराबरको दूध नोक्सान हुँदै

काठमाडौं। नेपालमा कोरोना महामारीका कारण दूध तथा दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ। नेपाल डेरी एसोसिएशनका अनुसार देशैभर दूध तथा दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सान हँुदै आएको हो। एसोसिएशनका अनुसार कोरोना महामारी अगाडीकै अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको थियो।

कोरोना कहर : दैनिक १० करोड रुपैयाँ बराबरको दूध नोक्सान हुँदै

बागमती / वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट

६० % ले घट्यो दुग्ध पदार्थको खपत, दैनिक १० करोडभन्दा बढीको नोक्सान

जेठ २, काठमाडौं । दोस्रो लहरको कोभिड–१९ संक्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागू गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् ।  नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक १० करोड रुपैयाँ बराबरको नोक्सानी भएको छ । गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म विक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एशोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करीब ३ अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।             चालू पूँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।     उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ । महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छूटमा ५ करोड रुपैयाँसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन् । डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् । रासस

पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर, मल कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले आज विशेष कार्यक्रम गरी यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो । पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । यद्यपी सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेपनि तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात भइरहेको देखाएको छ । भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ । एक करोड ८५ लाखको मासु आयात भएको छ । यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ। साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ । मल कारखाना खोल्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने भन्दै विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’

दूध बिक्री नभएपछि नोक्सान सहँदै किसान

देश लकडाउन भएसँगै लमजुङका दुग्ध उत्पादक कृषकहरू मर्कामा परेका छन् । दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएपछि कृषकहरू समस्यामा परेका हुन् । लकडाउनले दूध खपत हुने बजार बन्द भएको कृषकहरूले चिन्ता व्यक्त गरेका हुन् । दूधको बजार नपाएपछि अन्य विकल्प खोजेका कृषकहरूले त्यसमा पनि सफलता नपाएपछि दैनिक नोक्सान सहनुपरेको सुन्दरबजार–७ पाउदीका कृषक धुव्र पोख्रेलले बताए । पनिर तथा चिज उत्पादन गर्दै आए पनि बजार नपाएर दैनिक करिब ४० हजार रुपैयाँ नोक्सान भएको उनले बताए । “मेरो मात्रै दैनिक करिब ३ सय लिटर दूध खेर गएको छ भने अरु छिमेकीको पनि दूध खेर गएको छ,” उनले भने ।