मानव जीवनमा ६ वटा प्राकृतिक गुण हुन्छन्, जसलाई काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य भनिन्छ । केही दर्शन तथा दार्शनिकहरूले खासगरी वैदिक दर्शनले तिनलाई शत्रु भनेको छ तर ती आफैँमा शत्रु भने होइनन् । हो, प्रयोग गर्न नजान्दा भने नोक्सान गर्न सक्छन् । यसैका आधारमा शत्रु भन्ने हो भने त आगोलाई पनि शत्रु भन्नुपर्ने हुन्छ, पानीलाई पनि शत्रु मान्नुपर्ने हुन्छ ।दूध, दही, घ्यू यहाँसम्म कि अमृतकै दाना भेटिए पनि शत्रु बन्न सक्छन् । प्रयोग गर्न नजाने ती कसैले पनि फाइदा गर्दैनन् । एउटै चक्कुले कसैको जीवन लि