दूध बिक्री नभएपछि नोक्सान सहँदै किसान

देश लकडाउन भएसँगै लमजुङका दुग्ध उत्पादक कृषकहरू मर्कामा परेका छन् । दैनिक उत्पादित दूध र दूधजन्य परिकारले बजार नपाएपछि कृषकहरू समस्यामा परेका हुन् । लकडाउनले दूध खपत हुने बजार बन्द भएको कृषकहरूले चिन्ता व्यक्त गरेका हुन् । दूधको बजार नपाएपछि अन्य विकल्प खोजेका कृषकहरूले त्यसमा पनि सफलता नपाएपछि दैनिक नोक्सान सहनुपरेको सुन्दरबजार–७ पाउदीका कृषक धुव्र पोख्रेलले बताए । पनिर तथा चिज उत्पादन गर्दै आए पनि बजार नपाएर दैनिक करिब ४० हजार रुपैयाँ नोक्सान भएको उनले बताए । “मेरो मात्रै दैनिक करिब ३ सय लिटर दूध खेर गएको छ भने अरु छिमेकीको पनि दूध खेर गएको छ,” उनले भने ।

सम्बन्धित सामग्री

दूध बिक्री नभएपछि किसान चिन्तित

गोरखा, १४ मङ्सिर । गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका छन् । स्थानीयस्तरमा उत्पादित दूधले बजार नपाएर खेर फाल्नु परेपछि किसान समस्यामा परेका हुन् । गोरखा नगरपालिका–९, स्थित जयगोरखकाली एग्रो एण्ड डेरी फार्मले उत्पादन गर्दै आएको दुई सय लिटर दूधले बिक्री नभए पनि खेर फ्याक्नु परेको फार्म सञ्चालक भीमसेन बस्नेतले जानकारी दिए […]

दूध बिक्री नभएपछि पर्वतका कृषक चिन्तित

पर्वतको फलेवास नगरपालिकाका किसान दूध बिक्री नहुँदा मर्कामा परेका छन् । लामो समयको निषेधाज्ञाका कारण दूध बिक्री नभएकाले किसान मर्कामा परेका हुन् । फलेवासको देवीस्थान र कुर्घाका करिव एक हजार ५ सय जना कृषकहरु सहकारीमा आवद्ध भई पशुपालन गर्दै आएका छन् । उनीहरुले फलेवासमा संकलन केन्द्र सञ्चालन गरी दूध संकलन गर्दै आएका छन् । दूध […]

निषेधाज्ञाले रोक्यो दूध बिक्री

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ । कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ । दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ । गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने । ६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने । निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।

दुध नबिकेपछि बारीमा दुध पोख्दै लमजुङका किसान

लकडाउनका वेला दूध बिक्री नभएपछि लमजुङका दुग्ध किसान मारमा परेका छन् ।  लकडाउन भएको दिनदेखि दुग्ध कम्पनीहरूले

दूध बिक्री नभएपछि भैँसी बेच्दै किसान

सिन्धुली– भैँसीपालन गर्ने व्यावसायिक किसानले दुध बिक्री नभएको गुनासो गरेका छन्। दुधौली नगरपालिका–६ हर्षाही, ढोडेनीका किसानले दुध बिक्री नभएको गुनासो गरेका हुन्। हर्षाहिका पर्मिला कार्कीले आफ्नै लगानीमा भैँसीपालन त गरिन्, तर दुध ...