नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । आफ्नो घर सुर्खेत जाँदै गर्दा भालुबाङमा पक्राउ गरेको पार्टीका एक नेताले बताए ।स्थानीय निर्वाचनको ठिकअघि उनलाई चुनाव बहिष्कार गरेको भन्दै प्रहरीले  पक्राउ गरेको बताइएको छ । तर पार्टीले चुनावमा नजाने तर यदि देशभक्त, एमसीसी विरोधी र क्रान्तिकारी स्वतन्त्र उम्मेदवार भए सघाउने नीति लिएको छ। चुनावकै विषयलाई लिएर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको न

सम्बन्धित सामग्री

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा भएका छन्। प्रहरीले उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरेको थियो। सुर्खेतस्थित घर जाँदै गर्दा भालुवाङमा प्रहरीले पक्राउ गरेर करिब ६ घण्टा थुनामा राखेर सोधपुछ गरेर छाडेको छ। उनी घर हुँदै शुक्रबार कोहलपुर पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुने तय भएको थियो। चुनावको विषयलाई लिएर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिनअघि नेकपा बहुमत पार्टी घोषणा गरे

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला रिहा

काठमाडौँ । नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएका छन् । दाङको भालुवाङबाट बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोधपुछ पछि उनलाई रिहा गरिएको दाङका एसपी सुरेश काफ्लेले बताए । चुनाव बिथोल्ने गतिविधि सञ्चालन गर्न खोजेको आरोपमा प्रहरीले उनलाई सोधपुछ गरेको थियो । यसअघि पार्टीका महाधिवेशन आयोजक समितिका तर्फबाट हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले […]