पार्टीका महासचिव नेत्रविक्रम चन्द समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्टि पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला रहेको जानकारी गराइएको छ ।कतिपय केन्द्रीय सदस्यहरुलाई एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गर्दै आफूहरुले नयाँ पार्टी गठन गर्नुपरेको संयोजक बास्तोलाले बताए । उनले न