पश्चिम जाजरकोटमा जतासुकै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । हिउँदयाममा समेत यातायातका साधन सञ्चालन गर्न फलामको चिउरा चपाएझैँ रहेको पश्चिम जाजरकोटका सडक विद्युतीय धराप झैं छन् । भेरी करिडोरसँग जोडिएको छेडा–कचाली सडकदेखि मोर्क हुँदै जुनिचाँदे, कुशेसम्मका सडक विद्युतीय धराप झैं भएका छन् । मापदण्डविपरीत जहाँतहीं डोजरको सहायताले खनिएका […]