विक्री आम्दानी बढेसँगै बोटलर्स नेपालका दुबै कम्पनीको नाफा बढ्यो

साउन २९, काठमाडौं । बोटलर्स नेपालका दुई ओटै कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् ।  उक्त वित्तीय विवरण अनुसार बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको नाफामा वृद्धि भएको छ । बोटलर्स नेपाल बालाजुले गत आवको चौथो त्रैमाससम्ममा रू. ४४ करोड ९७ लाख ३० हजार खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी रू. ६ करोड १८ लाख ५७ हजार नोक्सानीमा थियो । गत आवमा कम्पनीको विक्री आम्दानीमा वृद्धि भएसँगै कम्पनी नाफामा गएको हो । कम्पनीको विक्री आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २२ दशमलव ६६ प्रतिशत र सञ्चालन आम्दानी ३२३ दशमलव ०६ प्रतिशतले वृद्धि भएको छ । सोही कारण पनि कम्पनी नाफामा गएको देखिन्छ । कम्पनी नाफा गएसँगै प्रतिशेयर आम्दानी धनात्मक भएको छ ।  अघिल्लो आवमा प्रतिशेयर आम्दानी रू. ३२ ऋणात्मक रहेकोमा गत आवमा सुधारिएर रू. २११ धनात्मक रहेको छ ।  त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २२११ रहेको छ । चुक्तापूँजी रू. १९ करोड ४८ लाख ८९ हजार रहेको छ भने जगेडामा रू. ३ अर्ब ९३ करोड ९१ लाख ६१ हजार सञ्चित गरेको छ ।                                                                 स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण त्यसैगरी बोटलर्स नेपाल तराईको खुद नाफा चौथो त्रैमासमा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ५६ लाख २९ हजार नाफा आर्जन गरेकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ४२ करोड ६३ लाख ४८ हजार पुगेको हो ।  गत आवमा कम्पनीको विक्री आम्दानी र सञ्चालन आम्दानीमा वृद्धि भएसँगै नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको विक्री आम्दानी ३३ प्रतिशत र सञ्चालन आम्दानी १७९ प्रतिशतले वृद्धि भएको छ ।  गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ रहेकोमा गत आवमा वृद्धि भएर रू. ३५२ पुगेको छ ।                                                          स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण

सम्बन्धित सामग्री

व्यावसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफा बढ्यो

काठमाडौं । कोभिड–१९ पछि व्यवसायिक गतिविधि बढेसँगै उत्पादनमूलक कम्पनीको नाफामा पनि वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत उत्पादनमूलक कम्पनीहरु, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल (बालाजु), युनिलिभर नेपाल, बोटलर्स नेपाल (तराई) र नेपाल ल्युब आयलको नाफा वृद्धि भएको हो । तर शिवम् सिमेण्टको भने नाफा घटेको छ ।   चालू आर्थिक वर्ष (आव) २०७८/७९ को दोस्रो त्रैमाससम्ममा यी उत्पादनमूलक कम्पनीहरुले कुल रू. १ अर्ब ८८ करोड नाफा कमाएका हुन् । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ६४ दशमलव ५६ प्रतिशत वृद्धि भएको हो । यी कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब १४ करोड नाफा कमाएका थिए । चालू आवको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुको सञ्चालन आम्दानीमा वृद्धि भएकाले नाफा बढेको देखिन्छ । यी ६ कम्पनीमध्ये सबैभन्दा बढी हिमालयन डिष्टीलरी लिमिटेडले रू. ४६ करोड २७ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १६ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ७६ लाख नाफा कमाएको थियो । यस कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ अर्ब ४४ करोड आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ९८ करोड पुगेको छ । त्यसैगरी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा बोटलर्स नेपाल तराईको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड २० लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३० करोड २२ लाख पुगेको हो । गत वर्ष कोभिड महामारीका कारण सम्पूर्ण उत्पादनमूलक कम्पनीहरु बन्द भएका थिए । यस वर्ष कोभिडको प्रकोप कम हुँदै गएकाले व्यवसायिक गतिविधि बढ्न थालेको कम्पनीको नाफामा वृद्धि भएको देखिन्छ । यी कम्पनीहरुको उत्पादन तथा बस्तु विक्री आम्दानीमा पनि वृद्धिहुँदै गएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । यी ६ कम्पनीमध्ये शिवम् सिमेण्टको नाफा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९६ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. ४२ करोड ७३ लाखमा झरेको छ । यस कम्पनीको चालू आवको दोस्रो त्रैमाससम्ममा खर्चमा वृद्धि भएकाले नाफा घटेको देखिन्छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको कुल खर्च रू. ३ अर्ब ५८ करोड रहेकोमा चालू आवको सोही अवधिमा खर्च वृद्धि भएर रू. ४ अर्ब ११ करोड पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर

काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।