वैशाख २८, काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १० हजार ६५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताको तुलनामा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो ।
कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवारनै सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफामा वृद्धि भएकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो ।