धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै मलेसिया हानिए गुरुङ । साहुसँग ब्याजमा ऋण लिएर १ लाख १० हजार म्यानपावर कम्पनीमा दाखिला गरेर मनभरी धन कमाउने अभिलाषा बोकेर उनी मलेसिया पुगे । त्यतिबेला उनको शुरुवाती तलव ४ सय ८१ रिंगेट थियो ।