सरकारले नमाने सवारी भाडादर आफैँ बढाउने यातायात व्यवसायीकाे चेतावनी (विज्ञप्तिसहित)

यातायात व्यवसायीहरूले सवारी भाडादर आफैँ बढाउने‍ चेतावनी दिएका छन् । इन्धनको मूल्यमा व्यापक वृद्धि भएकोले सवारी भाडा पनि साेही अनुसार बढाउने उनीहरूले बताएका हुन् ।

सम्बन्धित सामग्री

दशैंतिहारमा गाडीभाडा नबढ्ने

नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।

दशैंतिहारमा गाडीभाडा नबढ्ने

नजिकिँदै गरेका चाडपर्वमा गाडीभाडा नबढ्ने भएको छ । सरकार र यातायात व्यवसायी महासंघबीच शनिबार भएको छलफलमा दशैं, तिहार र छठका समयमा सवारी साधनको भाडादर अहिलेकै कायम राख्ने सहमति भएको हो ।

सार्वजनिक यातायातको समस्या समाधान गर्न यातायात प्राधिकरण आवश्यक : अध्यक्ष स्वाँर

वैशाख १, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । अध्यक्ष स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्न आवश्यक रहेको बताए ।  उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।  १० अर्ब रुपैयाँको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदूर मिलेर पूँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ । नेपालमा खरीद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने पनि बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरेर सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । उनले नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ, त्यसको लागि यातायात व्यवसायी तयार रहेको पनि बताए । अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकोले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने पनि बताए । उनले सार्वजनिक यातायातमा शतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबैभन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने पनि बताए ।  अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दूर्घटना,यातायात सिन्डिकेटलगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गरे ।

हुम्लामा तोकियो सवारी भाडा दर

हुम्लाका विभिन्न खण्डमा सञ्चालित सवारी साधनको भाडा दर तोकिएको छ। जिल्ला प्रशासन कार्यालय हुम्ला र यातायात व्यवसायी हुम्लाले सवारी भाडादर तोकेको हो। अदानचुलीको गल्फागाडदेखि श्रीनगर बजारसम्म ८० रूपैयाँ, ताजाकोटको कबाडीदेखि मैलाको...

सार्वजनिक सवारी भाडादर निर्धारण

कास्की– गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ । भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै सार्वजनिक सवारीमा भाडादर निर्धारण गरेको हो । सार्वजनिक सवारीमा बसको रु ३.१० प्रतिकिमी प्रतियात्रु, सिटी बसको फ्लाग डाउन […]

सुर्खेतमा नयाँ सवारी भाडादर तोकिदै

कार्तिक ३०, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार यातायात क्षेत्रलाई मर्यादित एवम् व्यवस्थित बनाउन बसेको सरोकारवालाको बैठकले जिल्लाभरी लागू हुने गरि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम गर्न लागिएको बताएको छ ।  सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विभिन्न समयमा सार्वजनिक यातायातका सवारी साधनले मनोमानी भाडा असुल्ने गरेको जनगुनासो आएपछि एकरुपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको जनाए ।  उनले विकृतिलाई हटाउँदै सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित एवम् मर्यादित बनाउन सबै पक्षसँग अपिल गरे । ‘कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतमा दूर्घटना न्यूनीकरणका लागि यातायात व्यवस्था कार्यालय, सार्वजनिक यातायात क्षेत्रका संघ संस्था, ट्राफिक प्रहरी एवम् सडक डिभिजन लगायत जिम्मेवार हुनुपर्छ,’ उनले भने, ‘असल व्यवसायको संस्कार बसाल्न मनोवृत्ति सुधार गरी यातायात क्षेत्रलाई जिम्मेवार बनाउँदै समृद्धितर्फ तपाई हामी अघि बढ्नु पर्छ ।’ उनले यातायात क्षेत्रमा रहेको विकृति र विसंगति हटाउने जिम्मेवारी सबैको उत्तिकै भएको जिकिर गरे । बैठकमा यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आन्नद चपाईले तीन दिन पहिले गरिएको अनुगमनका क्रममा अधिकांश सार्वजनिक सवारी साधनले मनमानी भाडा असुलेको, सीट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको, सवारी साधनमा आफूखुशी संरचना बनाएको, सवारी साधनको आवश्यक कागजात साथमा नराख्ने गरेको, रुटपरमिट नभएका सवारी साधनले समेत सवारी बोकेको, सवारी साधन दुरुस्त नराखेको लगायतका समस्या पाईएको जानकारी दिए । उनले दुई दिने अनुगमनका क्रममा ५०० सवारी साधनलाई चेकजाँच गर्दा ४९ ओटा सवारी साधनलाई बाध्य भएर न्यून कारवाही गरि ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए ।  त्यस्तै, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले सार्वजनिक सवारी साधनहरुमा नियम कानून कार्यान्वयन तुलनात्मक रुपले सुधारोन्नमुख रहेपनि अझै पर्याप्त हुन नसकेको जिकिर गरे । उनले ट्राफिक नियम कार्यान्वयनका लागि यातायात क्षेत्रका संघसंस्था, सवारी चालक तथा कर्मचारी समेत जिम्मेवार बन्न आवश्यक रहेको औल्याए ।  बैठकमा विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई सार्वजनिक यातायातमा नियम अनुसार छूट दिनुपर्ने माग अधिकारकर्मीहरुले राखेका थिए । यता सार्वजनिक यातायात क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरुले भने कोरोना कालमा यातायात क्षेत्र बढी धरासायी बनेकाले अझैपनि व्यवसाय माथि उकस्न नसक्दा विभिन्न समस्याहरु झेल्नु परिरहेको प्रति राज्यको पनि यातायात व्यवसाय तर्फ ध्यान पुग्न आवश्यक रहेको औल्याए ।  उनीहरुले अहिलेपनि ट्राफिकलाई विभिन्न बहानामा घुस खुवाउनु पर्ने बाध्यता कायमै रहेको बताए । सडकमा रातो प्लेटका सवारी साधनले आफूखुशी यात्रु ओसारपसार गर्दा सार्वजनिक सवारी साधनलाई ठूलो नोक्सानी उठाउनु परिरहेकाले त्यतातीर समेत ध्यान दिन प्रशासनसँग उनीहरुले आग्रह गरे ।  बैठकमा केही यातायात व्यवसायी प्रतिनिधिहरुले अनावश्यक रुपमा यातायात व्यवस्था कार्यालयले लिने संगीत कर खारेज गर्न समेत माग राखेका थिए ।

उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

असोज २१, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ ओटा जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रू. १८, १० किलोमिटरसम्म रू. २३, १५ किलोमिटरसम्म रू. २७, २० किलोमिटसम्म रू. ३० र २० किलोमिटरभन्दा माथि रू. ३५ भाडादर कायम गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो । रासस

लामो दूरीको यातायात भाडा २८% बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले यात्रुवाहक सार्वजनिक यातायातसहित मालवाहक सवारीको भाडा वृद्धि गर्ने निर्णय गरिएको बताए । उनका अनुसार यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतसम्म र तराईंका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ एवं पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको छ । ‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो । यातायात व्यवसायीहरूले लामो समयदेखि सार्वजनिक यातायातको भाडा वृद्धिको माग राख्दै सरोकारवाला निकायलाई दबाब दिइरहेका थिए । सोहीअनुसार विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते भाडा समायोजनसम्बन्धी अध्ययन समिति बनेको थियो । समितिले भाडा वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पठाएको थियो । प्रतिवेदनमाथि कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णयलाई स्वीकृत गरेको थियो । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने सवारीमा नयाँ भाडादर लागू हुने भए पनि छोटा दूरीका सवारीमा भने यो निर्णय लागू हुनेछैन । ‘अहिलेलाई अन्तरप्रदेशमा चल्ने सवारीको भाडा समायोजन गरेका हौं, छोटो दूरीमा चल्ने यातायातको भाडा समायोजन गर्ने निर्णय स्थानीय तहले गर्न सक्छन्,’ भाडा समायोजन अध्ययन समितिका संयोजक तथा विभागका निर्देशक पौडेलले बताए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा समायोजनको निर्णय स्वागतयोग्य भए पनि आप्mनो मागअनुसार भाडा समायोजन नभएको बताएको छ । ‘९ वर्षदेखि भाडा समायोजन नभएकोमा भाडा समायोजन हुनु राम्रो निर्णय हो,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘तर, यो वैज्ञानिक भाडादर नभएकाले आगामी दिनमा अध्ययन गरेर समायोजन हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’ उनले बिहीवारदेखि नयाँ भाडादर लागू गर्न बुधवार साँझ व्यवसायीलाई परिपत्र गरिएको जानकारी दिए । यातायात व्यवसायीहरूले २०६९ यता भाडा समायोजन नभएको बताउँदै आए पनि पछिल्लोपटक २०७५ असोजमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढेको थियो ।

भाडादर बढाउन माग

यातायात व्यवसायीहरुले सोमबार उपत्यका प्रमुख जिल्ला अधिकारीहरुले गरेको निर्णय अव्यवहारीक भएको प्रतिकृया दिँदै समय अनुकुल भाडादर बढाऊन र सबै दूरीमा सवारी साधन चलाउन माग गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी प्रशासनको निर्णय अव्यवहारिक भएको जनाएका […]

सवारी भाडा बढाउने तयारी

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सार्वजनिक सवारी भाडा वृद्धि गर्न लागिएको छ।  विगतमा पनि चाडपर्वको अवसरमा सवारी साधनको सङ्ख्या नियन्त्रण गरेर यातायात व्यवसायीले यात्रुबाट मनलाग्दी भाडा असुल गर्दै आएका थिए तर यसपटक भने यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आपसमा मिलेमतो गरेर भाडा समायोजनको बहानामा सार्वजनिक भाडादर वृद्धि गर्ने तयारी गरेका हुन्। …