लामो दूरीको यातायात भाडा २८% बढ्यो

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको छ । बुधवार सार्वजनिक सूचना निकाल्दै विभागले असार २९ गतेको निर्णयअनुसार भाडा समायोजन गरेको जानकारी दिएको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा राष्ट्रियस्तरका सार्वजनिक यातायातको रूटमा चल्ने सवारीको भाडा बढाइएको जानकारी विभागले दिएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालले यात्रुवाहक सार्वजनिक यातायातसहित मालवाहक सवारीको भाडा वृद्धि गर्ने निर्णय गरिएको बताए । उनका अनुसार यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतसम्म र तराईंका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २६ एवं पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय विभागले गरेको छ । ‘सार्वजनिक यातायातको खर्चसम्बन्धी लगानी तथा खर्च, बजार विश्लेषण, सरोकारवाला निकायको परामर्शका आधारमा यातायात श्रमिकको पारिश्रमिक, टायर, लुब्रिकेन्ट्स, पार्टस्, इन्धन आदि सूचकको मूल्य हेरेर भाडा समायोजन गरेका हौं,’ उनले भने । उनका अनुसार इन्धनको मूल्य र सवारीसाधनमा काम गर्ने कर्मचारीको तलब, बीमा, सवारी मर्मत खर्च, टायर, लुब्रिकेन्ट्स, पार्टस्लगायत सूचकको मूल्य हेरेर सवारीको भाडा समायोजन गरिएको हो । यातायात व्यवसायीहरूले लामो समयदेखि सार्वजनिक यातायातको भाडा वृद्धिको माग राख्दै सरोकारवाला निकायलाई दबाब दिइरहेका थिए । सोहीअनुसार विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा गत वैशाख ७ गते भाडा समायोजनसम्बन्धी अध्ययन समिति बनेको थियो । समितिले भाडा वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै वैशाख २१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रतिवेदन पठाएको थियो । प्रतिवेदनमाथि कुनै निर्णय नगरेको मन्त्रालयले सरकार ढल्ने पक्का भएपछि असार २९ गते भाडा समायोजनको निर्णयलाई स्वीकृत गरेको थियो । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने सवारीमा नयाँ भाडादर लागू हुने भए पनि छोटा दूरीका सवारीमा भने यो निर्णय लागू हुनेछैन । ‘अहिलेलाई अन्तरप्रदेशमा चल्ने सवारीको भाडा समायोजन गरेका हौं, छोटो दूरीमा चल्ने यातायातको भाडा समायोजन गर्ने निर्णय स्थानीय तहले गर्न सक्छन्,’ भाडा समायोजन अध्ययन समितिका संयोजक तथा विभागका निर्देशक पौडेलले बताए । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा समायोजनको निर्णय स्वागतयोग्य भए पनि आप्mनो मागअनुसार भाडा समायोजन नभएको बताएको छ । ‘९ वर्षदेखि भाडा समायोजन नभएकोमा भाडा समायोजन हुनु राम्रो निर्णय हो,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘तर, यो वैज्ञानिक भाडादर नभएकाले आगामी दिनमा अध्ययन गरेर समायोजन हुनेछ भन्ने अपेक्षा गरेका छौं ।’ उनले बिहीवारदेखि नयाँ भाडादर लागू गर्न बुधवार साँझ व्यवसायीलाई परिपत्र गरिएको जानकारी दिए । यातायात व्यवसायीहरूले २०६९ यता भाडा समायोजन नभएको बताउँदै आए पनि पछिल्लोपटक २०७५ असोजमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढेको थियो ।

सम्बन्धित सामग्री

चर्को भाडा असुल्दै यातायात व्यवसायी

कालिकोटमा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेको पाइएको छ। कालिकोट सदरमुकाम मान्मबाट देशका विभिन्न क्षेत्रमा चल्ने यातायातका साधनमा मनपरी भाडा लिएको पाइएको हो।...

पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा घट्यो

काठमाडौं, २० जेठ । पेट्रोलियम पद्धार्थको मूल्य घटेसँगै यातायात भाडा पनि घटेको छ । मध्यरातिबाट लागू हुने गरी पेट्रोलियम पद्धार्थ प्रति लिटर १० रुपैयाँका दरले घटेपछि यातायात व्यवस्था विभागले सवारी भाडा घटेको सूचना जारी गरेको हो । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार यातायात भाडा स्वतः घटेको विभागले जनाएको छ । अब यात्रुवाहक सवारी २ प्रतिशट, […]

कर्णाली करिडोर खण्डमा मनपरी भाडा असुल्दै यातायात व्यवसायी

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्ला क्षेत्रमा यातायात व्यवसायीहरुले मनपरी भाडा असुल्ने गरेका छन्। यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेपछि हुम्लाबाट नेपालगञ्ज, सुर्खेत, हुम्लालगायतका क्षेत्रमा आवतजावत गर्ने यात्रुहरुले मारमा पर्दै...

सरकारले सार्वजनिक यातायात भाडा १३ प्रतिशतसम्म बढायो, काठमाडौंमा नबढ्ने

सरकारले सार्वजनिक यातायात भाडा ११ देखि १३ प्रतिशतसम्म वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको हो । इन्धन मूल्य बढेकाले सार्वजनिक यातायात भाडा बढाउन व्यवसायीले सरकारलाई दबाब दिइरहेका थिए ।एक प्रदेशबाट अर्को प्रदेशसम्म सवारी भर्ने यातायात भाडामात्रै बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा

सार्वजनिक यातायातको भाडा बढाउने तयारीमा यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारसँग छलफल तथा समन्वय गरी विभागले भाडादर समायोजन गर्न लागेको हो।  सरकारले पेट्रोलियम पदार्थमा...

यातायात भाडा समायोजन गर्न माग

काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा […]

बस भाडा बढाउन यातायात व्यवसायीको चर्को दबाब

काठमाडौं, फागुन २३ । विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै यातायात व्यवसायीले बस भाडा बढाउन चर्को दबाब दिन थालेका छन् । यातायात व्यवसायीले इन्धनको बढेको मूल्यअनुसार भाडा समयोजन गर्न सरकारलाई दबाब दिएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भाडा समायोजन गर्न सरकारलाई पाँच दिनको समय दिएको बताएका छन् । […]

२५ गतेसम्म भाडा समायोजन गर्न यातायात व्यवसायीको चेतावनी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ। महासंघले सरकारलाई फागुन २५ सम्म भाडा समायोजन गर्न समय दिएको छ। महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको अनेकौंपटक मूल्य बढ्दा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै अब व्यवसायी आफैँले भाडा बढाउने चेतावनी दिएका हुन।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारमाथि दबाब दि

सरकारले नयाँ भाडा समायोजन नगरे आफैं भाडा बढाउँछौँः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।...

सके जति भाडा असुल्दै राजधानीका सार्वजनिक यातायात

काठमाडौं, साउन ३ । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ […]