उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढ्यो

असोज २१, काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बुधवार काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ ओटा जिल्ला छन् । काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो । उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म रू. १८, १० किलोमिटरसम्म रू. २३, १५ किलोमिटरसम्म रू. २७, २० किलोमिटसम्म रू. ३० र २० किलोमिटरभन्दा माथि रू. ३५ भाडादर कायम गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताए । ट्याक्सीमा पनि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने उनको भनाइ थियो । रासस

सम्बन्धित सामग्री

काठमाडौँसहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडा बढ्यो, अब कति ?

आजबाट काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट लागू हुने गरी सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको थियो । बैशाख १ गते नयाँ वर्षको बिदा भएकाले खासै सवारी साधन चलेनन् । त्यसकारण आज २ गतेबाट भाडा पूर्ण रुपमा लागू भएको हो ।नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको छ ।५ किलोमिटरसम्मको दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तोकिएको छ । यसअघि ५ किलोमिटसम्मको भाडादर १८ रुपैयाँ थियो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ भाडा बढाईएको छ । नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको यात्रामा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । सूचीः

गण्डकीमा गाडी भाडा बढ्यो, व्यवसायीसँग सहमतिपछि मात्रै लागू गरिने

४ माघ, पोखरा । गण्डकी सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडादर बढाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता खड्काले प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गरेको जानकारी दिए । उनका अनुसार लामो […]