काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १ प्रतिशत बोनस शेयर करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले यही मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कात्तिक १९ गते बिहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार छ । सोही पूँजीको आधारमा बैंकले लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
बैंकले यस वर्ष गत वर्षको तुलनामा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र करसमेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको १५औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०७७/७८ मा […]
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पूँजी रु २३ अर्ब ७९ करोड पुगेको छ । बैंकको आज स्म्पन्न १५औँ वार्षिक साधारणसभामा प्रस्तुत भएको विवरणअनुसार आव २०७७/७८ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएसँगै बैंकको चुक्ता पूँजीमा वृद्धि भएको हो । बैंकले आव २०७७/७८ मा सञ्चालन मुनाफा […]
काठमाडौं, २६ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले भोली (सोमबार)साधारण सभा गर्ने भएको छ । बैंकको १५औं वार्षिक सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सुरु हुने जनाइएको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांश पारित गर्ने […]
ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा प्रवर्द्धन गरिएको ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत संचालित ग्लोबल आइएमई समुन्नत योजना १ ले भोलि (बुधवार) १ दिन लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गर्दैछ।
तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम इकाईधनीहरूले मात्र लाभांश लिन पाउनेछन्।
कोषले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका इकाइधनीहरूलाई कुल योजनाको आकार रु.१ अर्बको १००% अर्थात रु.१ अर्ब (कर समेत) नगद लाभांश वितरण गर्न लागेको हो।
ग्लोबल आइएमई समुन्नत योजन...
ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
बैंकले भोलि बुक क्लोज हुँदैछ । आगामी साधारणसभा प्रयोजनका लागि बैंकले बुक क्लोज गर्न लागेको हो ।
बैंकको घोषित लाभांश लिन चाहनुहुन्छ भने तपाईले आजसम्म शेयर किनेको हुनुपर्छ ।
आज आइतवारसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर सहित ३.५ प्रतिशत नगद लाभांश पाउने छन् ।
बैंकले मंसिर २७ गते हुदै गरेको १५ औं वार्षिक साधारण सभा र १३.५ प्रतिशत लाभांश प्रयोजनको लागि मंसिर १३ गते सोमबारदेखि बुक क्ल...
साउन २७, काठमाडौं । ग्लोबल आइएमई बैंकले पाँच वर्षभन्दा पुरानो लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले आव २०७०/ ७१ सम्मको नगद लाभांश हालसम्म पनि कतिपय शेयरधनीले नलिएकोले लिन भनेको हो । कम्पनीले सूचना प्रकाशित भएको मितिले एक महीनाभित्र आफ्नो बक्यौता नगद लाभांश बुझि लिन शेयरधनीलाई भनेको हो ।
कम्पनीले सो अवधिमाभित्र नलिएमा सो लाभांश रकम कम्पनी ऐन अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जाने पनि बताएको छ ।
कम्पनीले एक महीनाभित्रमा शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल नक्सालमा सम्पर्क राखी नगद लाभांश लिन भनेको छ । कम्पनीले लाभांश रकम लिन बाँकी रहेका शेयरधनीहरुको विवरण ग्लोबल आइएमई बैंक तथा शेयर रजिष्ट्रारको वेबसाइटमा राखेको बताएको छ ।