विराटनगरको विकासका लागि एसियाली विकास बैंक (एडीबी)ले तेस्रो चरणको कार्य सुरु गरेको छ । एडीबीका प्रतिनिधिहरूले महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसित भेटेर हालसम्म भएको प्रगतिका विषयमा छलफल गरेको हो । एडीबीको सहयोगमा विराटनगरमा एकीकृत फोहोर व्यवस्थापनको केन्द्र, बाढी र डुबान समस्याको दीर्घकालीन समाधानका लागि नाला निर्माण, सहरी सडक पूर्वाधार, प्रादेशिक बसपार्क निर्माण र ल्याण्डपुलिङका लागि डिपीआरको काम सुरु भइसकेको छ । निर्वाचित भएर आएलगत्तै मेयर कोइरालाले विराटनगरक