प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका छन् । सो क्रममा प्रहरीसँग भएको केहीबेर घम्साघम्सी र झडप हुन पुग्यो । सो क्रममा ६ वकिल घाइते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेका छ । सो क्रममा वकिलहरुले प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै उनी