काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन् । आज बिहीवार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउन दबाब दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी तथा असार १३ र १४ गते ...