नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरुले मन्त्री हेरफेरको विषयलाई तत्काल टुंग्याउन दबाब दिएका छन् । बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुंगो लगाउन दबाब दिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले बुधवार र बिहीबार गरी दुई दिन बसेको […]