प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चले उल्ट्याइदिएपनि प्रतिनिधिसभा विघटन वैधानिक नै भएको जिकिर गरेका छन् । उनले देशको राजनीतिक अवस्थाका ताजा जनादेशका लागि आफूले संविधानअनुसार प्रतिनिधिसभा विघटन गरेको पनि जिकिर गरे ।
उनले प्रतिनिधिसभा विघटनअघि नै पार्टी (तत्कालीन नेकपा) वस्तुतः फुटेको पनि जिकिर गरे । ‘प्रतिनिधिसभा विघटनअघि नै पार्टी फुटिसक्या थियो । मेरो विरुद्ध आफ्नै दलका ८३ जना हस्ताक्षर लिएर गएका होइनन् ? राष्ट्रपति कहाँमात्रै होइन, सभामुखकहाँ पनि गएका हुन् नि’, शनिबार लोकान्तरसँगको अन्तरवार्ताका क्रममा ...