अचानक झापा पुगे ओली

एमाले अध्यक्ष केपी ओली गृहजिल्ला झापा पुगेका छन् । पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।आज संसदमा नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ ।  नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै ओली झापा पुगेका हुन् । 

सम्बन्धित सामग्री

आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

झापा । झापामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–४ भानटोली निवासी इनाम हुसेन शेखको ४ ववर्षीय छोरा अपित हुनेनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए। गिरीका अनुसार घर नजिकै रहेको परालको कन्यूमा अचानक आगो लागेको र सोही आगो घरमा सल्किएर हुसेनको मृत्यु भएको हो। आगलागीमा […]

पाउँ पाथीभरा मन्दिरमा रुख ढल्दा एक युवती घाइते

झापा – झापाको मेचीनगर- १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा अचानक रुख ढल्दा एक युवती घाइते भएकी छन्। आइतबार बिहान पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडक खण्डमा सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पूजा सामग्री बिक्री गर्ने मेचीनगर- १२ कालिझोडा निवासी अन्दाजी ३२ वर्षीया सृजना खरेल घाइते भएकी हुन्। उक्त रुखको हाँगाले लागेर […]

कबड्डी खेल्दा बेहोस भएका भोटेको मृत्यु

झापा (हाम्रो खेलकुद) – झापाको दमकमा कबड्डी खेल्ने क्रममा अचानक बेहोस भएका खेलाडीको मृत्यु भएको छ । दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा कबड्डी खेल्दाखेल्दे बेहोस भएका कबड्डी खेलाडी लाप्टुक भोटेको मृत्यु भएको हो । सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ स्थायी घर भएका १८ वर्षीय भोटे प्रतिष्ठानमा सिभिल इन्जिनियर डिप्लोमा फर्स्ट लेभलका विद्यार्थी थिए । कलेजमा […]

नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ । बिहीबार बिहान बसेको […] The post नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

काठमाडौं। प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ । बिहीबार बिहान बसेको प्रतिनिधिसभा […]

आज यी क्षेत्रका नदी नालामा आउनसक्छ अचानक बाढी

नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ ।  तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भ

कोरोना संक्रमणबाट झापामा दुई संक्रमितको मृत्यु

दमक / कोरोना संक्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार... The post कोरोना संक्रमणबाट झापामा दुई संक्रमितको मृत्यु appeared first on Purbeli News.

कोरोना सङ्क्रमणबाट झापामा २ जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकाका गरी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा–४ की ४१ वर्षीया महिला रहेकी छन् । उनलाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् । घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल

बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति

५ वैशाख, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी […]

भुटानी शरणार्थी शिविरमा आगलागी, एकको मृत्यु

झापा । दमक– ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति अचानक आगलागीमा परेर मृत्यु हुनेमा शिविरको सेक्टर नं डि ४, छाप्रा नं ३२५ बस्ने ६० वर्षीय देशमान राई रहेका छन् । मृतक पक्षघातका बिरामी हुनुहुन्थ्यो । बाँसको टाटीले बारेको टिनको छाना भएको एकतले छाप्रामा बस्दै आउनुभएका उहाँको घटनास्थल मै जलेर मृत्यु भएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । उक्त आगलागीबाट छाप्रा नष्ट हुँदा छाप्राभित्र रहेको सुन एक तोला, चाँदी १० तोला, नगद रु तीन लाखसहित खाद्यान्न तथा लत्ताकपडा पूर्णरुपमा जली नष्ट हुँदा करिब रु आठ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रासस