धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीले आयोजना गरेको एक महिने संगठन र संघर्ष अभियान जिल्लाका विभिन्न स्थानमा जारी राखेको छ । अभियान अन्तरगत आज (सोमबार) कैलालीको भजनीमा कोणसभा सम्पन्न गरेको छ ।
सभालाई राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज मनोज भट्ट प्रदेश सदस्य लक्षिराम आचार्य, अखिल (छैठौं) का नेता गणेश नाथ योगीले सम्बोधन गर्नु भएको थियो। लल्ला रानाको अध्यक्षता तथा जिल्ला अध्यक्ष दयाराम सञ्ज्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी, कैलारी गाउँपालिकाको हसुलिया बजारमा आइतबार कोणसभा सम्पन्न भएको थियो । नेता मनोज भट्ट, तराईमधेश जनवादि मोर्चाका महासचिव राजाराम चौधरी र लक्षिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल किसान महासंघ कैलालीका सचिव जय बहादुर बिकले गर्नुभएको थियो ।
त्यस्तै, जोशिपुरमा भएको कोणसभा मोर्चाका महासचिव राजाराम चौधरी राजमो अध्यक्ष दयाराम संज्यालले गर्नु भएको थियो भने सञ्चालन तिलक परियारले गर्नुभएको थियो । टिकापुरमा साझ मसाल जुलुश गर्ने नेता लक्षीराम आर्चायले जानकारी दिनु भयो ।
गत पुस २५ गते केलालीमा सम्पन्न राष्ट्रिय जनमोर्चा र सम्बद्ध जनवर्गीय संगठनहरुको संयुक्त भेलाले प्रतिनिधि सभाको पुनर्स्थापना, संघीयता खारेजी, भ्रष्टाचारको विरोध, राष्ट्रियता र गणतन्त्र रक्षाका लागि माघ महिनाभरी संघर्षका कार्यक्रम तय गरेको थियो ।
घोषित कार्यक्रम अनुसार माघ ३ गतेदेखि १६ गतेसम्म विभिन्न स्थानीय तहमा दैनिक विरोध सभाको आयोजना गरिनेछ भने माघ १६ गते अत्तरियामा विशाल जनसभाको आयोजना गरिनेछ । भेलाले माघ १७ देखि फागुन १ गतेसम्म संगठन निर्माणको योजना बनाएको थियो ।
राजमोले कार्यक्रमका दौरानमा दैनिक मसाल जुलुशको आयोजना गर्ने राजमो कैलालीले जनाएको छ ।
यो पनिः
कैलालीमा पार्टी प्रवेश गराउँदै राजमोको एक महिने अभियान सुरु
कैलालीमा पार्टी र जनवर्गीय संगठनको संयुक्त भेला, यस्ता छन् संघर्षका कार्यक्रम