काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सले सोलुखुम्बुको पत्ताले गुठीभवन, पत्ताले सोलुखुम्बुमा कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता तालिम सम्पन्न गरेको छ ।
बीमा समितिबाट जारी कृषि तथा पशुपक्षी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपक्षी बीमा क्षति मूल्यांकनकर्ता व्यवस्था गर्न कृषि तथा पशुपक्षी बीमाका लागि कम्पनीले सोलु र ओखलढुंगाका सहभागीलाई एकै स्थानमा समावेश गरी तालिम दिएको हो ।
तालिम बीमा समितिको प्रतिनिधिको रोहवरमा सम्पन्न भएको कम्पनीले बताएको छ । १५ जना सहभागी क्षति मूल्यांकनकर्ता तालिमपछि कृषि तथा पशुपक्षी बीमाको क्षतिका लागि तोकिएको सीमाभन्दा बढीको क्षतिमा मूल्यांकनकर्ताले मूल्यांकन गरी दाबी भुक्तानी गर्नेछन् ।
यसबाट कृषि तथा पशुपक्षी बीमामा सुधार भई ग्राहकलाई बीमा सेवा प्रदान गर्न सहज हुने कम्पनीको विश्वास छ ।