नदीमा ढल मिसाए तीन वर्षसम्म कैद प्रस्ताव

नदी, खोला तथा पोखरीमा प्रशोधन नगरी ढल मिसाए तथा रासायनिक र विषालु पदार्थ मिसाए तीन वर्षसम्म कैद गर्ने प्रस्तावसहित सरकारले जलस्रोतसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । यस्ता कसुरमा पाँच लाख रुपियाँसम्म जरिबानासमेत हुन सक्ने व्यवस्था विधेयकमा प्रस्तावित छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतका तर्फबाट प्रतिनिधि सभामा विधेयक दर्ता भएको छ । प्रस्तावित विधेयकमा प्रदूषणको मापदण्डविपरीतको कामलाई कसुर मानिएको छ । जलस्रोतलाई प्रदूषित बनाए तीन महिनादेखि तीन वर्षसम्म कैद प्रस्ताव गरिएको हो । जलस्रोतमा रासायनिक तथा विषालु पदार्थ हाल्ने, ढललगायतका प्रशोधन नगरी नदी, खोला तथा पोखरीमा पानी मिसाउने कार्यलाई पनि कसुर मानिएको छ । यस्ता कसुरमा पनि कम्तीमा तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय वा पाँच लाख रुपियाँसम्म जरिबानाको प्रस्ताव गरिएको छ । कसुर अनुसार दुवै सजायसमेत हुन सक्ने छ ।

सम्बन्धित सामग्री

मिसाए फोहोर, छुट्याए मोहर

फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ । तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा फोहोरमाथि सुन्दर बगैँचा छ । वर्षैभरि मौसम अनुसारका फूल फुल्छन् । देशका विभिन्न स्थानबाट फोहोर व्यवस्थापनको तरिका सिक्न बर्सेनि सयौँ व्यक्ति त्यहाँ पुग्छन् । अन्य स्थानमा फोहोरको समस्या विकराल भइरहँदा धनकुटामा यसलाई नवीनतम ढङ्गले व्यवस्थापन गरिएको छ ।

धार्मिक प्रवचन : अमृतमा विष मिसाए के हुन्छ ?

तीज नजिकिंदै छ । मलाई याद छ, तीजको समय छोरी–चेली लिन जाँदा भदौरे भेलमा धेरै बुबा, दाजुभाइले जोखिम मोल्थे । नौडाँडा पारि दिएकी छोरी लिन जाँदा थुप्रै खोला तरेर जानुपथ्र्यो, कतिबेला भदौरे भेल आउँथ्यो, पत्तै …

धार्मिक प्रवचन : अमृतमा विष मिसाए के हुन्छ ?

तीज नजिकिंदै छ । मलाई याद छ, तीजको समय छोरी–चेली लिन जाँदा भदौरे भेलमा धेरै बुबा, दाजुभाइले जोखिम मोल्थे । नौडाँडा पारि दिएकी छोरी लिन जाँदा थुप्रै खोला तरेर जानुपथ्र्यो, कतिबेला भदौरे भेल आउँथ्यो, पत्तै …

धनगढी उपमहानगरले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने जनाएको छ । उपमहानगरपालिकाले आइतबार विद्यालयहरुलाई पत्राचार गर्दै सरस्वती पूजाको दिन प्रसादको रुपमा प्रयोग गरिने खाद्य वस्तुमा रङ र अखाद्य पदार्थहरु मिसावट गरिए प्रचलित कानुन अनुसार कारवाही हुने जनाएको हो । ‘यस उपमहानगरपालिका अन्तर्गत सञ्चालित केहि विद्यालयहरुले सरस्वती पूजाको दिन प्रसादको […] The post धनगढी उपमहानगरले सरस्वती पूजाको प्रसादमा रङ र अखाद्य पदार्थ मिसाए कारवाही गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झिनियाँ बेचेर मनग्य आम्दानी, तिहारमा पाँच लाख कमाउने लक्ष्यमा उद्यमी !

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् ।  झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरीद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् ।  विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनी, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताइन् । ‘तिहार नजिकिँदै आएसँगै झिनियाँको कारोबार उच्च छ । अहिले म जस्ता दर्जनौं महिला झिनियाँसहितका रोटीका परिकार विक्री गरेर मनग्य आम्दानी गरिरहेका छौं,’ उनले भने, ‘तिहारमा मात्रै रू चार/पाँच लाखको झिनियाँसहित अन्य तयारी रोटीको कारोवार हुन्छ ।’ यस्तै १२ वर्षदेखि बागलुङ नगरपालिका–१ स्थित मरेपिपलमा झिनियाँसहितका सात प्रकारका रोटीका परिकार बनाउँदै आएकी मिरा श्रेष्ठले रोटीका परिकारको विक्री भइरहेको बताइन् । उनले यसपटक सेतो झिनियाँको उत्पादन बढाइएको जानकारी दिइन् ।  हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा प्रयोग हुने झिनियाँ बनाउन यहाँका महिला उद्यमीलाई भ्याइनभ्याइ छ । सिजनको व्यापारमा कमाएको रकमले वर्षभरि घरखर्च पुग्ने उद्यमीहरूको भनाइ छ ।  मिराले विगत १२ वर्षदेखि झिनियाँ, चिनी, फिनी, सेल र भेली रोटी तथा खुरमा र नमकिन बनाएरै राम्रो आम्दानी गर्न सफल भएकी छन् । ‘तिहारमा झिनियाँको व्यापार बढी हुन्छ । तिहार नआउँदै बाटर झिनियाँ बनाउँदै सुकाउन निकै व्यस्त भइन्छ । पहिला जस्तो नाफा त छैन, चामालको मूल्य बढेपछि नाफा थोरै भएको हो,’ मिराले भनिन्, ‘पछिल्लो समय झिनियाँसँगै चिनी तथा फिनी र तयारी सेल रोटीको माग उच्च छ । यसपटक पानी नपरेकाले झिनियाँ सुकाउन समस्या भएन । झिनियाँको माग अनुसार निर्माण गर्न समस्या छ ।’  मिरासँगै उनका श्रीमान् र छोराले दशैंअघिदेखि रातदिन नभनेर विभिन्न रोटीका तयारी परिकारहरू बनाइराखेका छन् । तिहारका समयमा बढी मात्रामा प्रयोग हुने झिनियाँको माग बढ्न थालेपछि बागलुङका घरेलु उद्यमीलाई भ्याइनभ्याइ छ । बजारका अधिकांश तयारी रोटीको माग महिला उद्यमीहरूले धान्दै आएका छन् ।  मिराले तिहारको सिजनमा झिनियाँसहित अन्य तयारी परिकार विक्रीबाट रू सात लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको जानकारी दिइन् । नेपाली समाजमा तिहारको भाइटीकामा सप्तरङ्गी झिनियाँ कोसेलीका रूपमा दाजुभाइलाई खुवाउने परम्परा रहे पनि अन्य पूजाआजा र चाडपर्वमासमेत तयारी रोटीको माग रहेको उनको भनाइ छ । रङ्ग मिसाइएको झिनियाँ रोटी उत्पादन नगर्न जिल्ला प्रशासन कार्यालय बागलुङले आग्रह गरेपछि यसपटक धेरै महिला उद्यमीले सेतो झिनियाँ उत्पादन बढाएका छन् ।  रङ्ग मिसाइएको परिकारका कारण घातक रोग लाग्न सक्ने भन्दै सप्तरङ्गी झिनियाँ उत्पादन नगर्न बागलुङ नगरपालिकाले समेत अनुरोध गरेको छ । उपभोक्ताले भने रङ्ग मिसिएकै झिनियाँ बढी माग गर्ने उद्यमीको भनाइ छ । उद्यमीले खाद्य रङ्ग मिसाए पनि तेलमा तार्दा रङले स्वास्थ्यमा असर गर्ने भन्दै सादा झिनियाँ उत्पादन गर्न आग्रह गरिएको छ ।  बागलुङमा थोक मूल्यमा झिनियाँ प्रतिदर्जन ठूलोमा रू दुई सय ५० र सानोमा रू एक सय ४० मा विक्री हुँदै आएको छ । खुद्रा र होलसेल गरी दुईथरी मूल्य कायम गरेर विक्री भइरहेको छ । यस्तै, चिनी रोटी रू ८०, फिनी रू ७०, भेली रू ५० र नमकिन रू ५० मा विक्री भइरहेको छ । रासस

गण्डकीमा पानीमा मलमूत्र मिसाए पाँच लाख र पानी चोरे ५० हजार जरिबाना !

पोखरा । गण्डकीका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बस्ने क्वार्टरमा अहिले पोखरा महानगरपालिकाको शिक्षा महाशाखा छ । उनी बस्ने क्वार्टरको मलमूत्र सिधै फेवातालमा मिसिन्थ्यो । गुरुङ अहिले मुख्यमन्त्री छैनन्, क्वार्टरको सट्टा त्यहाँ शिक्षा महाशाखा छ । उक्त महाशाखाको मलमूत्र अहिले पनि फेवातालमा नै मिसिन्छ । तर, अब यसरी मानव मलमूत्रसहित वा रहितको फोहोर...

कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले आइतबारदेखि कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन आग्रह गरेको छ । मेयर बालेन्द्र शाहले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याएर फोहोर व्यवस्थापनमा सहयोग गर्न सार्वजनिक आह्नान गरेका छन् । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।

पशुपतिशमशेरले १२ सांसद मिसाए, १९ लिएर फर्किए : को–को सांसद गए ? - Naya Patrika

एकता महाधिवेशन भएको ७ महिना नबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आइतबार फुटेको छ । वरिष्ठ नेता पशुपतिशमशेर राणाको अध्यक्षतामा ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ गठन भएको छ । पार्टी एकता हुँदा १२...पूरा पढ्नुहोस् »