मिसाए फोहोर, छुट्याए मोहर

फोहोर फाल्ने ठाउँ भन्नेबित्तिकै जताततै फोहोरैफोहोर, दुर्गन्ध, किरा झिँगाले घेरिएको जानै नसकिने ठाउँ जस्तो लाग्न सक्छ । हुन पनि फोहोर व्यवस्थापन केन्द्रको दृश्य प्रायः त्यस्तै नै हुन्छ । तर धनकुटा नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा न त फोहोर छरपस्ट छ, न दुर्गन्ध र किरा झिँगाले घेरिएको छ । फोहोर व्यवस्थापन केन्द्रमा फोहोरमाथि सुन्दर बगैँचा छ । वर्षैभरि मौसम अनुसारका फूल फुल्छन् । देशका विभिन्न स्थानबाट फोहोर व्यवस्थापनको तरिका सिक्न बर्सेनि सयौँ व्यक्ति त्यहाँ पुग्छन् । अन्य स्थानमा फोहोरको समस्या विकराल भइरहँदा धनकुटामा यसलाई नवीनतम ढङ्गले व्यवस्थापन गरिएको छ ।