कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले आइतबारदेखि कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन आग्रह गरेको छ । मेयर बालेन्द्र शाहले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याएर फोहोर व्यवस्थापनमा सहयोग गर्न सार्वजनिक आह्नान गरेका छन् । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर मिसाए पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने जनाएको छ ।