काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले पशुपति क्षेत्रलगायत बागमती नदीको दुर्दशा बदल्ने भनेर हालसम्म झन्डै २२ अर्ब पैसा बागमतीमा बगिसकेको बताएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले एकातिर नदी सफाइमा वर्सेनी २ अर्बभन्दा बढी खर्च भइरहेको तर खोलानाला जस्ताको त्यस्तै रहेको बताइन । उनले खानेपानी ऐनले मलमूत्र खोलामा मिसाए […]