नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनको निरन्तरता र औचित्यमाथि गम्भीर विमर्श भएको छ । असार २७ गतेदेखि ३२ गतेसम्म आगामी संघ र प्रदेश निर्वाचनको गठबन्धनका सन्दर्भमा १ सयभन्दा बढी नेताले धारणा राखेको थिए । बैठक गठबन्धन गर्दा काँग्रेसलाई हुने नाफा–घाटाका विषयमा बढी केन्द्रित भएको नेताहरू बताउँछन् । सैद्धान्तिक प्रश्न उठाइए पनि यसपटक स्थानीय तहको निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएका शेखर कोइराला समूहका नेताहरू पनि संघ र प्रदेशको चुनावका सन्दर्भमा लचक द