संघर्षशील महिलाहरूको उद्यमी सपना

आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जर्मनीकी क्लारा जेट्किनले सन् १९१० मा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । समान श्रममा समान पारिश्रमिकको मागसहित सुरु भएको यो आन्दोलनले विशेष गरी नारीको आर्थिक आत्मनिर्भतालाई जोड दिएको छ । नारीहरु आफै सक्षम बन्नुपर्छ भन्ने यो आन्दोलनको मुख्य उद्देश्य हो । यसै सन्दर्भमा रातोपाटीले केही आत

सम्बन्धित सामग्री

अर्थमन्त्री महत भन्छन्ः युवाहरुले सपना पूरा गर्न विदेश जानु पर्दैन

काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताएका छन्। शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताए। […]

डा. पन्तको सपना र लघुवित्तका केही परिदृश्य: लघुवित्त जोगाउने कि नजोगाउने ?

यतिखेर नेपालको लघुवित्त क्षेत्रमा पहिले कहिल्यै नसोचिएका र नदेखिएका घटनाहरू हुन थालेका छन् । त्यो देख्दा लाग्छ ३ दशकअगि यसैको सपना देख्ने लघुवित्त क्षेत्रकै पिताका रूपमा चिनिएका डा. हरिहरदेव पन्तले कोरेको मार्ग आगामी समयमा कतातिर मोडिने हो ? भन्ने अर्को चिन्ता थपिनु स्वाभाविकै हो । खासगरेर कुनै बेला (अझैसम्म पनि) अभियानका रूपमा सञ्चालित लघुवित्तीय क्षेत्रमा आज तिनकै केही सेवाग्राहीहरूबाट सडकमा विरोधका आन्दोलनहरू प्रदर्शित हुनु, त्यसका माध्यमबाट लघुवित्तीय संस्थाहरूको खारेजीको माग हुनु, हालसम्म लिइएका सम्पूर्ण ऋणको मिनाहामा साथै निब्र्याजी सापटीका मुख्य मागहरू राखेर लघुवित्तीय प्रणालीमाथि नै धावा बोल्ने कामहरूले यो क्षेत्रको आगामी दिन कस्तो हुने हो ? यसमा लाग्नेहरूको भविष्य के हुने हो ? गरीबी निवारणका लागि कुनचाहिँ अर्को संस्था र प्रणालीले काम गर्ने हो ? भन्ने अनेकौं संशयहरू उठेका छन् । करीब २ वर्षअघिदेखि सञ्चालित त्यस्तो सडक आन्दोलन अझै मथ्थर भएको छैन । उल्टै, कुनै अमुक राजनीतिक दलका भ्रातृ संगठनका झण्डाहरू तिनका आन्दोलनमा प्रदर्शित हुनथालेका छन् । यसलाई बेलैमा चिर्न सकिएन भने त्यसले यो क्षेत्रलाई नै तहसनहस गर्ने त छँदै छ गरीबी निवारणका लागि अर्को कुनचाहिँ वित्तीय वा अरू कुनै वैकल्पिक प्रणालीको खोजी गर्ने भन्ने थप चुनौती पनि नीतिगत तहमा बस्नेहरूका लागि तेस्र्याएको छ ।  ठीक यस्तै बेला, उनै पन्तको आठौं वार्षिक पुण्यतिथिका अवसरमा लघुवित्तीय कर्जा लिएर सफल र उदाहरणीय काम गर्ने सातै प्रदेशका महिला उद्यमी, व्यवसायीमध्येबाट सात जनालाई निर्धन संस्थाले जनही रू. ५० हजार राशिको उत्कृष्ट महिला उद्यमी पुरस्कार वितरण गरिरहेको दृश्यले भने मलाई एकखाले सन्तोष र साथसाथै अनौठो दिग्भ्रमको सृजना गर्‍यो । सन्तोष यस कारणले कि डा. पन्तले ३ दशकअघि देखेको सपना त पूरा भएकै रहेछ । दिग्भ्रम यस कारणले कि कर्जाको सदुपयोग नगर्ने, नगराउनेहरूलाई पो सडक आन्दोलनको हुट्हुटी लागेको त होइन ? निर्धन संस्थाले विगत ८ वर्षदेखि यस्तो पुरस्कार वितरण गर्दै आएको छ भने लघुकर्जा लिएर सफल व्यवसाय गर्नेहरूको संघर्ष र सफलताको कथा समेटिएको ग्रन्थ : समृद्धिको मार्गसमेत हरेक वर्ष प्रकाशन गर्दै आएको छ ।  नेपालमा यो क्षेत्रमा खासगरेर लघुकर्जाका सेवाग्राहीलाई उनीहरूको कामको सम्मान गर्ने, पुरस्कृत गर्ने संस्था बिरलै छन् । सम्भवत: निर्धन मात्रै पो हो कि ? बैंक वित्तीय क्षेत्रका सेवाग्राही ऋणीहरूलाई त खोइ कुनै कर्जा प्रवाह गर्ने संस्थाहरूले पुरस्कृत वा सम्मान गरेकै पो देखिएन, निक्षेपकर्ताहरूको त कुरै परको भयो । असल उदाहरण पेश गर्ने, गरेका सफल व्यवसायी ऋणीहरूलाई कर्जा प्रवाह गर्ने बैंक वित्तीय संस्थाहरूले बेला बेलामा पुरस्कार वा सम्मान गर्ने, इज्जत गर्ने संस्कारको खाँचो पनि देखाइदिएको छ निर्धनको यस्तो परम्पराले । बैंकिङ क्षेत्रबाट कमसे कम सामाजिक उत्तरदायित्वको सानो अंश मात्र पनि यस्ता कर्ममा जाने हो भने त्यसले नेपाली बैंकिङ प्रणालीमा असल अभ्यासको थालनीको संकेत मात्र गर्ने छैन वित्तीय सेवामाथिको हालको आम दृष्टिकोणमा समेत परिवर्तन आउने सम्भावना छ । अर्बौं रुपैयाँको खुद मुनाफा गर्ने वित्तीय संस्थाहरूले तिनलाई त्यसरी मुनाफा दिलाउन सघाउने कमसेकम केही असल उद्यमी, व्यवसायी र निक्षेपकर्तालाई कुनै न कुनै रूपले सम्मान वा पुरस्कृत गर्ने सोच कहिले आउला ? कमसे कम आफूले कतिपय अन्तरराष्ट्रिय (दि बैंकरजस्ता पत्रिकाको) र कहिलेकाँही राष्ट्रिय (अभियान, बिजनेश एजको) समेतको अवार्ड पाएपछि त यस खाले सोच आउनुपथ्र्यो, तर उसो भइरहेको देखिएन ।  लघुवित्तीय प्रणालीमा आज धेरै उपलब्धि भएका छन् । प्रणालीको विकास भएको छ । नियमन फराकिलो र चुस्त पनि छ । संस्थागत प्रतिस्पर्धा पनि छ तर त्यसको सही प्रयोग भने भएको छैन ।  विनाधितो लगानी बैंकिङ परम्परामै सर्वथा नौलो अभियान हो, एक अर्थमा राज्यले नगरेको र उसले कहिले नसोेचेको प्रणाली पनि । यो कार्य नेपालमा डा. पन्तले नै आरम्भ गरेका हुन् । लघुकर्जाको थालनी पहिले सरकारी ग्रामीण बैंक (२०४९ सालमा) र अझ त्यसअघि वाणिज्य बैंकहरूमा सघन बैंकिङ कार्यक्रम (२०३८ सालमा) मार्फत पनि त्यसखाले कर्जाको आरम्भ गर्ने काममा उनकै परिकल्पनाले काम गरेको हो । त्यसबेला नै सघन बैंकिङ कार्यमा उत्कृष्ट कार्य गर्ने कार्यक्रम सञ्चालन भएका बैंकका कर्मचारीहरूलाई सघन बैंकिङ राष्ट्रिय पुरस्कार (स्वर्ण पदक, २४ क्यारेट सुनकै पदक) ले प्रोत्साहित गर्ने कार्य पनि यिनकै परिकल्पना थियो, भलै त्यो नेपाल राष्ट्र बैंकले प्रदान गरेको किन नहोस् । लघुकर्जा प्रणालीमा पुरस्कारको आरम्भ र अन्त्य पनि त्यही पुरस्कार नै बनिरहेको पृष्ठभूमिमा निर्धन संस्थाले विगत केही वर्षदेखि वितरण गर्दै आएको विद्यमान पुरस्कार प्रणालीको गरिमालाई मूल्यांकन गर्न सकिन्छ । सरकारी कर्मचारीतन्त्र हाबी हुनेलगायत अनेकौं खाले सरकारी रोगका कारण पछि सघन बैंकिङले राम्रो नतिजा भने देखाउन सकेन । उनले आफ्नै साधन र प्रयासमा ग्रामीण मोडेलको बेग्लै लघुकर्जा प्रणाली आरम्भ गरे, एक्शन रिसर्चका नाममा र बाँकी जीवन त्यसैमा समर्पण गरे ।  लघुवित्तीय प्रणालीमा आज धेरै उपलब्धि भएका छन् । प्रणालीको विकास भएको छ । नियमन फराकिलो र चुस्त पनि छ । संस्थागत प्रतिस्पर्धा पनि छ तर त्यसको सही प्रयोग भने भएको छैन । जनशक्तिको विकास भएको छ । संस्थागत व्यवस्थाको विकास भएको छ । रोजगारी सृजना भएको छ । त्यो भन्दा पनि प्रमुख कुरा त महिलामा आएको वित्तीय जागरण र सशक्तीकरणका पक्षमा धेरै परिवर्तन देखिएका छन् । तर, त्यसको सही अध्ययन भने भएको छैन । लघुवित्तीय सेवाले देखाइदिएको यस्तो परिवर्तनका बारेमा भने सरकारको कानमा कहिल्यै बतास लागेन । कानमा कपास कोचेर बस्ने प्रवृत्ति भएका नीति निर्माताहरूका लागि भने डा. पन्तलाई जीवनकालमै सम्मान र पुरस्कृत गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन ।  आज नेपालको लघुवित्तीय प्रणाली यहाँसम्म आइपुग्न र ल्याउनमा उनको यो सोच, चेतना र अभ्यासले काम गरेको कुरालाई कहिल्यै बेवास्ता गर्न सकिँदैन । यो क्षेत्रको भलो चिताउने हामीजस्ताले लघुवित्तको अभियानदेखि अहिले विरोधको सडक आन्दोलनसम्मको प्रयोग पनि हेर्न पाएका छौं । तर, यही क्षेत्रमा ४ दशकभन्दा पनि अधिक (२०३७–२०८०) को यो लेखकको अनुभवले के भन्छ भने लघुवित्तीय सेवाको विकल्प भनेको लघुवित्त नै हो ।  प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

उद्यमी–व्यवसायीलाई बाबुरामको सुझाव – ‘रणनीतिक मुद्दामा केन्द्रित बनौँ’

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालका उद्यमी व्यवसायी बिचौलिया बनेर बॉच्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको सन्दर्भमा बिहीबार ट्विट गर्दै उनले उद्यमी व्यवसायी  उत्पादनशील क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताएका हुन्। ‘देशको अर्थतन्त्र, राजनीति, राज्य विचौलियाहरूको कब्जामा गैरहेछ ! हाम्रा छोराछोरी देशमा सपना देख्न छाडेर […]

नेपाली पोसाकले आत्मनिर्भर बनाउने कुन्तीको सपना

विगत २ वर्षदेखि समाजसेवी कुन्ती पोखरेल आफ्नो थप अर्को परिचय थप्ने प्रयासमा छिन् । त्यो हो स्वदेशी तयारी पोसाक उद्यमी । यद्यपि अघिल्लो वर्ष मङ्सिरमा उनको एउटा पहिचान थपिएको थियो–राष्ट्रिय प्रजातन्त्र पार्टीमा सर्वाधिक मत पाएर निर्वाचित केन्द्रीय सदस्यको । सामाजिक काम र राजनीतिमा समेत सक्रिय उनलाई गएका वर्षमा कोरोना सङ्क्रमण रोक्न भएको लकडाउनले उद्यमी हुन प्रेरित गरेको थियो । त्यो आफ्नो लागि मात्रै नभएर लकडाउनमा बेरोजगार भएकालाई घरभित्रै बसेर आत्मनिर्भर बनाउने उद्देश्यबाट उनको यात्रा सु

उद्यमी विनोद चौधरी केन्द्रीय सदस्य पद (मधेसीतर्फ)का उम्मेदवार

नेपाली कांग्रेसका नेता विनोद चौधरीले पार्टीको जारी १४औं महाधिवेशनमा केन्द्रिय सदस्य पद (मधेसीतर्फ)मा चुनाव लड्दै छन् । आफ्नो सपना समृद्ध नेपाल रहेको र यही मिसनका लागि राजनीतिमा आएको उल्लेख गर्दै चौधरीले कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।सामेबार भृकुटी मन्डपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधिहरु भोट हाल्दै गरेको रौनकका बिच चौधरी पनि भोट माग्न ब्यस्त […]

अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

मंसिर १८, काठमाडौं । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सृजना गर्ने उद्देश्यले अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ ।             विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।             उक्त संस्थाको शुक्रवार राति पूर्वराष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।  जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको भन्दै उनले त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी रहेको बताए ।             पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए। तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए।        नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।             नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।             महासंघका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए। रासस

कतारमा पेट्रोल भर्ने कामदेखि दुबईमा आफ्नै व्यवसायसम्मको यात्रा

धन कमाउने सपना बोकेर दैनिक सयौँ नेपाली श्रमिक खाडीलगायत विश्वका विभिन्न देशमा पुग्छन् । राहदानीका पानामा भविष्यको सपना बुन्दै विदेश पुग्नेहरु सुख दुःख काम गर्छन् । कमाउँछन् । करार अवधि सकिएपछि घर फर्किन्छन् । घर फर्केर पनि कोही फेरि विदेशको बाटो तताउँछन् भने कोही आफ्नै देशमा उद्यमको बाटो अँगाल्छन् । तर थोरै मात्र हुन्छन् जो गन्तव्य देशमै व्यवसाय गर्ने हिम्मत गर्छन् । त्यही देशमा उद्यमी बन्छन् । तिनै कममध्येका एक हुन्, जे सागर अर्थात जयराम पराजुली । जे सागरले यूएईको बरदुबईमा क्याफे खोल्नुभएको तीन महिना भयो । सामान्य कामदारको रुपम...

चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ । उनी १८ जना महिलाहरूकी रोजगारदाता समेत बनेकी छन् । बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् । केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो । ‘सफलता खोज्नेहरूले...

'लकडाउन अरूका लागि कहर बन्यो, मेरो लागि अवसर'

काठमाडौं :  असीम पाण्डे १९ वर्ष हुँदा एयर स्पेश इन्जिनियरिङ पढन नेदरल्याण्ड गए। पढाइ सँगसँगै काम गरेका उनले त्यहाँ ब्याचलर्स र मास्टर पनि सके। पढाई मात्र सकेनन् उनले साथमा पढाइसँगै सपना पनि लिएर उनी नेपाल फर्के ।सपना देख्न निन्द्रामा हुनुपर्छ भन्ने मान्यतालाई असीमले विदेशमा रहँदा तोडिदिएका थिए। त्यहीँ सपनाले नेपालसम्म डोर्याएर आएका सफल उद्यमी बन्ने जमर्कोमा छन् उनी।जुन बेला उनी काम गर्थे दैनिकजसो इलेक्ट्रिक साइकलको सहारामा अफिस जाने-आउने गर्थे। विदेशको सहारा नै स्वदेशमा आएपछि

समृद्धिका लागि राष्ट्रिय सपना आवश्यक

नेपाली कांग्रेसका सांसद एवं उद्यमी विनोद चौधरीले सरकारको नीति तथा कार्यक्रम मुलुकको शासकीय प्रणालीको व्यवस्थापन पक्षमा कमजोर रहेको बताएका छन्।