सीके राउत नेतृत्वको जनमत पार्टीले विभिन्न माग राख्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । सो पार्टीको केन्द्रीय कार्यकारीणी समितिको बैठकबाट निर्णय भएर सोमबारदेखि कात्तिक १६ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई बोधार्थ गरिएको आन्दोलनका घोषणाबारेको राउतको ४ पृष्ठ लामो विज्ञप्तिमा सरकारले जनमत पार्टीका कार्यकर्ताविरुद्ध चरम दमनको न