सर्लाही : सर्लाहीका विभिन्न वन क्षेत्रमा लागेको डढेलो तीव्र रुपमा फैलिँदै गएको छ। आगो निभाउने प्रयास नहुँदा विभिन्न सामुदायिक तथा साझेदारी वनहरुमा लागेको डढेलो झन् फैलिँदै गएको हो। अहिले जिल्लाका अधिकांश वन क्षेत्रमा डढेलो लागेको छ। डढेलो निभाउन वन उपभोक्ता समिति तथा स्थानीय बासिन्दाले चासो देखाएका छैनन्। एक/दुई ठाउँमा भने बस्तीतर्फ आउन लागेको डढेलो स्थानीय मिलेर निभाएका छन्। वन सखाप हुने गरी लागेको डढेलो निभाउन सरोकारवालाको ध्यान पुग्न नसकेको पनि उनीहरूले आरोप लगाएका छन्। ईश्वरपु