अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत खेलाडी संघका अध्यक्ष विक्रम लामाले अबको नयाँ नेतृत्वले खेलाडीको हक हितको विषयमा बोल्छ भन्ने विषयमा आफू विश्वस्त भएको बताएका छन् । एन्फा निर्वाचनका लागि मताधिकार पाएको खेलाडी संघले नयाँ कार्यसमितिले पहिलेदेखि नै खेलाडीको हक हितका विषयमा आवाज उठाउने भएकाले आफूहरूले सकारात्मक रूपमा लिएको बताएका हुन् । ‘नयाँ कार्यसमितिलाई हामीले सकारात्मक रूपमा हेरेका छौँ । उहाँहरूले खेलाडीको हक–हितको विषयमा बोल्नु हुन्छ भन्ने हामीलाई आशा छ । उहाँहरू पहिले पनि ख