नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले विदेशी कम्पनीसँग साझेदारी गरेर नेप्सेको पुनर्संरचना गरिने बताएका छन् । अर्थ मन्त्रालयले आयोजना गरेको पुँजी बजार सम्बन्धी छलफलमा उनले नेप्सेको पुनर्संरचना आवश्यक रहेकोले विदेशी कम्पनी समेत भित्राएर नेप्सेको पुनर्संरचना गरिने बताएका हुन् ।उनले सेयर बजारमा अर्धन्यायिक निकाय आवश्यक रहेको पनि बताएका छन् । स-साना विषय समाधानको लागि पनि अदालत पुग्नु परको भन्दै उनले अर्धन्यायिक निकाय आवश्यक रहेको बताएका हुन् । त्यस्तै उनले नेप्सेको सिस्टम अपग्रेड गर्नु पर्ने पनि बताएका छन्। उनले एनआरएन फण्डलाई ल्याउनको लागि नीतिगत सुधार आवश्यक रहेको पनि बताएका छन् ।अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्ड र नेप्सेका प्रमुखहरुलाई बोलाएर पुँजीबजारबार छलफल गरेका हुन् । छलफलमा मन्त्री शर्माले पुँजीबजारमा इन्साइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङ आफुलाई मान्य नहुने बताएका छन्। अर्थ मन्त्रलायमा औओजित पुँजीबजार सम्बन्धी छलफल कार्यक्रममा मन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज नेप्से र नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वलाई निर्देशन दिदै सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प मान्य नहुने बताएका हुन् । उनले बजारमा सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङ र पम्प एण्ड डम्प भई नै रहेको भन्दै यसलाई रोक्न निर्देशन दिएका हुन्। उनले पुँजीबजारलाई उत्पादन मुलुक र पूर्वाधारको क्षेत्रको लागि पुँजी जुटाउने थलोको रुपमा विकास गर्न पनि भनेका छन् । आफुलाई बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको भन्दै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका छन् । उनले बजारमा गर्नु पर्ने थुप्रै काम बाँकि रहेको भन्दै समय तालिका सहितको योजना बनाएर पेश गर्न भनेका छन् । त्यसको लागि मन्त्रालयले गर्नु पर्ने सबै सहजीकरण गर्ने उनको भनाई थियो । यस अघिको नेतृत्वलाई गलत काम गरेकोले हटाउन परेको उल्लेख गर्दै उनले कोहिप्रति प्रभावित नहुनको लागि सचेत गराएका छन् ।