काठमाडौं : सरकारले वार्षिक ६ लाख आम्दानी नभएका नेपाली नागरिकलाई भिजिट भिसामा जान रोक लगाएकाे छ। गृह मन्त्रालयले आठ बुँदे निर्देशन जारी गर्दै भिजिट भिसामा जान कम्तीमा खाडी मुलुकबाहेक दुई देश भ्रमण गरेकाे हुनुपर्ने र वार्षिक ६ लाख आम्दानी र त्यसको आधा अर्थात् तीन लाख खातामा रकम भएको हुनुपर्ने जनाएकाे छ। आजबाट १८ देशमा भिजिट भिसामा जान रोक लगाउने निर्णय गरेको सरकारले यस्तो नयाँ नियम ल्याएको हो। कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै भिजिट भिसामा विदेश गएका नेपाली विभ