पर्वत : पहिरोले विद्यालयको भवनमा क्षति पुग्नुका साथै अन्य भवन जोखिममा परेपछि जिल्लाको फलेवास नगरपालिका–२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालय समस्यामा परेको छ। विद्यालयको भवन भन्दा करिब ५० मिटर माथि रहेको मोटर बाटोबाट आएको पहिरोले विद्यालयका तीन वटा भवनका तीन वटा कोठामा क्षति पुगेको तथा आठ वटा कोठामा जुनकुनै अवस्थामा थप पहिरो आउन सक्ने सम्भावना देखिएको प्रधानाध्यापक विष्णुप्रसाद शर्माले बताए।पहिलो पटक गत असार १६ गते आएको भवनको पछाडिको भागबाट आएको बाढीसहितको पहिरोले क्षति ग